ओलीलाई तनाब माथि अर्को त’नाब

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित बनेसँगै नेताहरुको स’मूह परिवर्तन गर्ने सिलसिला जारी छ । प्रचण्ड–माधव नेपाल पक्षले केपी ओलीलाई का’रबाही गर्ने छ’नक दिएसँगै मंगलबार बसेको ओली पक्षको केन्द्रीय समिति बैठकले ११९९ सदस्सीय केन्द्रीय समिति बनाउने निर्णय गर्दै तत्काल ५५६ जना केन्द्रीय सदस्य थप पनि गर्यो । तर, केन्द्रीय सदस्य मनोनयनमा परेकामध्ये हालसम्म डेढ दर्जनको हाराहारीका नेताले सो पद अ’स्वीकार गरिसकेका छन् । यस्तै यसअघि ओली स’मूहको बैठकमा सहभागी भएका केही नेताले पनि क्याम्प परिवर्तन गर्दै धमाधम प्रचण्ड–नेपाल समूहमा फर्किएको घो’षणा गरेका छन् ।

जसमध्ये नेकपा सांसद एवम् केन्द्रीय सदस्य शेरबहादुर तामाङले प्रचण्ड–नेपाल पक्षमा फर्किएको घो’षणा गरेका छन् । यसअघि ओली पक्षको बैठकमा सहभागी भएका तामाङले बिहीबार बस्ने प्रचण्ड नेपाल पक्षको केन्द्रीय समिति बैठकमा सहभागी हुँदै सो स’मूहलाई साथ दिने बताएका छन् । तामाङले प्रतिगमनकारी क’दमलाई साथ दिन नसक्ने भएकाले आफूले कित्ता परिवर्तन गर्नुपरेको बताए । ‘अहिलेको अवस्थामा प्रतिगमनलाई साथ दिन उ’चित लागेन । हामी भनेको अ’ग्रगमनकै प’क्षपाती हौँ’, तामाङले भने, ‘एजेण्डा मुख्य कुरा हो ।’

राजनीतिमा सवैभन्दा ठुलो कुरा मनोविज्ञान हुने भन्दै उनले जुन मनोविज्ञानमा रहेर आफूले काम गरेको हो वा राजनीति गरेको हो त्यो मनोविज्ञानबाट छुट्टिने परिस्थति नरहेको बताए । ‘जुन मनोविज्ञानमा रहेर मैले राजनीति गर्दै आएको थिएँ । त्यो अहिले पनि कायमै छ । त्यो मनोविज्ञानबाट छुट्टिएर हिँड्न मलाई मेरो मनोविज्ञानले दिएन’, तामाङको भनाइ छ । उनले सवै नेताप्रति आफ्नो आदरभाव रहेको भन्दै अन्ततः सवै नेता एकै ठाउँमा उभिएर पार्टी एकताको विकल्प नभएको बताए । तामाङ, ओलीले सोमबार बालुवाटारमा बोलाएको नेकपा सांसदहरूको बैठकमा सहभागी भएका थिए ।

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको बिहीबार बस्ने बैठकमा आफू सहभागी हुने तामाङले बताए । तामाङ सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन् ।तामाङ लामो समय तत्कालीन नेकपा एमालेको राजनीतिमा माधवकुमार नेपाल स’मूहमा थिए । २०७४ को चु’नावपछि ओली सरकारमा कानुनमन्त्री बनेका तामाङ बंगलादेश प्रकरणमा विवादमा ता’निएपछि रा’जीनामा दिएका थिए । यसैवीच प्रदेश १ की प्रदेश सभा सदस्य उषाकला राईले पनि ओली पक्षको केन्द्रीय सदस्य अ’स्वीकार गरेकी छन् । राईले बिहीबार केन्द्रीय सदस्य पद अ’स्वीकार गरेको भन्दै ओली स’मूहमा नरहेको प्रस्ट पारेकी छन् ।