ठूलो आवाज निकाल्ने मोटरसाइकललाई का”रवाही अभियान

सुर्खेत ।जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले ठूलो आवाज निकाल्ने मोटरसाइकललाई का”रवाही गर्ने अभियान थालेको छ ।कार्यालयले ठूलो आवाज निकाल्ने ३५ मोटरसाइकलका साइलेन्सर तानेको जनाएको छ । सवारी व्यवस्थापन तथा ध्वनि प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले बुलेट मोटरसाइकलका सा”इलेन्सर तानेको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले जानकारी गराए ।सडकमा हिँड्ने नागरिकलाई समेत त्र”सित बनाएर ठूलो आवाज निकाल्ने ३५ वटा बु”लेट मोटरसाइकलका साइलेन्सर निकालेको प्रमुख आचार्यले बताए ।

उनले ध्वनि प्रदूषण नियन्त्रण गर्न एक महिने अभियान नै सञ्चालन गरेको बताए । “नयाँ मोटरसाइकल खरिद गर्दा हुने वास्तविक ध्वनिलाई मो”डिफाइ गरेर ध्वनि बढाइएको पाएपछि कारवाहीका लागि सा”इलेन्सर तानेका हौँ”, आचार्यले भने, “सवारी ध्वनिले वीरेन्द्रनगर बजार क्षेत्रमा सा”इलेन्सर मो”डिफाइ नगर्ने प्र”तिबद्धता जनाएपछि मात्रै का”रवाही गरेर छाड्ने छौँ ।”उनले सवारी मा”पदण्ड अनुसार आफूखुशी स्वरुप परिवर्तन गर्ने र ठूलो आवाज निकाल्ने सवारी देखेमा तत्काल प्रहरीलाई खबर गरिदिन अपिल गरे ।रासस