गृहमन्त्री थापा ओली स’मूहको बैठकमा सहभागी, उपाध्यक्ष बनाउने तयारी

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपाको केपी शर्मा ओली (स’मूह) को केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा बादल सहभागी भएका हुन् ।चार दिनसम्म कुन स’मूहमा जानेबारे निर्णय नगरेका बादलले बुधबार रातिमात्रै ओलीलाई रो’जेका थिए । पू’र्वमाओवादीका बादल प्रचण्ड-नेपाल स’मूहमा नगई आफूतिर आएपछि ओलीले उनलाई आफ्नो स’मूहको उपाध्यक्ष बनाउन लागेको स्रोतले बताएको छ ।

उनलाई आजैको केन्द्रीय समितिबाट उपाध्यक्ष बनाउने सम्भावना रहेको स्रोतले बतायो। पू’र्वमाओवादीबाट टोपबहादुर रायमाझी र लेखराज भट्ट पनि ओली स’मूहमा लागेका छन्। ओली स’मूहको केन्द्रीय समिति बैठक अहिले जारी छ। आजको केन्द्रीय समिति बैठकअघि पन बादलले प्रधानमन्त्री ओलीसँग कु’राकानी गरेका थिए ।