नेकपाबाट एउटा गु’ट अ’लग भयो : बादल

काठमाडौं । केपी ओली पक्षको नेकपामा लागेका गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादलले प्रचण्ड–माधव पक्षलाई एउटा गु’टको संज्ञा दिएका छन् । बिहीबार ओली पक्षको केन्द्रीय समिति बैठककलाई सम्बोधन गर्दै ‘नेकपाबाट एउटा गु’ट अलग भएको’ बताएका हुन् । उनले यसमा प्र’तिक्रियावादीहरूले खुशी र उत्सव मनाइरहेको पनि बताएका छन् । वादलले भनेका छन्, ‘जनता दुःखित भएका छन् ।’ नेकपा विभाजनमा आजमात्रै केपी शर्मा ओली स’मूहमा लागेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पार्टी नेतृत्वको आदेश नि:सर्त मान्ने बताएका छन्।

बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको ओली समूहको केन्द्रीय कमिटी बैठकमा बोल्दै बादलले पार्टी स’शक्त बनाउने र गुटलाई परास्त गर्ने योजना सुनाए। उनले प्रतिनिधि सभा वि’घटन अ’ग्रगामी र क्रान्तिकारी क’दम भएको बताए। आफूहरूले नयाँ क्रा’न्ति गर्नुपर्ने पनि उनको तर्क छ। ‘संसद विघटन अग्रगामी र क्रा’न्तिकारी कदम थियो। वि’घटित संसद पुनर्स्थापना हुन्छ भन्नु पश्चगामी हो। निर्वाचन हुनु अग्रगमन हो। हामीले निर्वाचनबाट दुई तिहाइ ल्याउनु पर्छ,’ उनले भने। उनले आफूले पार्टी नेतृत्वको आदेश नि:शर्त मान्ने उल्लेख गरे।

‘अहिले राजनीतिक सं’कट छ, यसले प्र’तिक्रान्तिको ख’तरा देखिएको छ। यसलाई कसरी रो’क्ने भन्ने चु’नौती छ,’ उनले भने, ‘केही साथी संसद पु’नर्स्थापना भनेर पश्चगमनमा लागेका छन्। यो स्यालको हु’इयाँ हो। हामीले यसलाई चि’र्नु छ।’ जनताको बीचमा गएर स्थिरता ल्याउने वाचा गर्न जरूरी रहेको उनको भनाइ छ।