कांग्रेसले पनि १३ गते देशभर आ’न्दोलन गर्ने

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर संसद् वि’घटनकाे वि’राेधमा आ’न्दोलन गर्ने भएको छ । संसद् वि’घटनको वि’रुद्धमा देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमै वि’रोधका कार्यक्रम गर्ने निर्णय भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। केन्द्रीय कार्यालय सानेपामा अहिले पनि केन्द्रीय कार्यसमिति बैठक बसिरहेको छ । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मङ्गलबारदेखि सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सि’फारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् वि’घटनको घोष’णा गर्नुभएसँगै नेपाली कांग्रेसलगायत अरू दल र नेकपाभित्रैबाट वि’रोध भइरहेको छ ।

संसद् वि’घटनको घोषणापछि नेकपा औपचारिक रूपमै दुई स’मूहमा विभाजित भएका छन् । त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव स’मूहले संसद वि’घटनविरुद्ध आ’न्दोलनको घो’षणा गरेको छ ।बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले भोलिबाटै सडकमा आ’न्दोलनमा उ’त्रिने निर्णय गरेको हो ।काठमाडौंमा भोलिदेखि नै दैनिक रुपमा कुनै न कुनै प्रकारको वि’रोध गर्ने यो स’मूहको निर्णय छ ।देशव्यापी प्र’दर्शन भने १४ गते हुने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए । उनका अनुसार काठमाडौंमा मुख्य प्र’दर्शन हुनेछ । यसका लागि बागमती प्रदेशका भने सबै जिल्लालाई राजधानीमा नै केन्द्रीत गरिनेछ ।

यसपछि अझ सशक्त उच्चस्तरीय कार्यक्रम घो’षणा गरिने प्रवक्ता श्रेष्ठले बैठकमा जानकारी दिए । उनले भने, यो नेपाल ब’न्दसम्म पनि हुनसक्छ ।’आ’न्दोलनका लागि श्रेष्ठकै संयोजकत्वमा २५०१ सदस्यीय ज’नआन्दोलन परिचालन समिति बनेको छ । यसको सचिवालय पनि बनाइनेछ ।बैठकले पुस १० गते माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित नि’र्वाचन आयोगमा जाने र २ बजे पत्रकार स’म्मेलन गर्ने निर्णय गरेको छ । ११ गते ७ प्रदेशका प्रदेश कमिटी बैठक सम्बबन्धित प्रदेशमै गर्ने र १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला निर्णय भएको छ ।२० गतेसम्म सबै नगर तथा गाउँ र २५ गतेसम्म वडा स्तरमा बैठक एवं भेला गर्ने बैठकको निर्णय छ ।