छिमेकीले मि’चेको भूमि फिर्ता माग्दा आफूलाई घे’रावन्दीमा पारियो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढालेर पार्टी फु’टाउन खोजेपछि प्रतिनिधिसभा भं’ग गर्नुपरेको बताउनुभएको छ ।बिहीबार बालुवाटारमा नेकपा आफ्नो स’मूहको केन्द्रीय समितिको बैठकमा उहाँले छिमेकीले अ’तिक्रमण गरेको नेपालको भूमि फि’र्ता माग्दा भारतसँग सम्बन्ध बि’गारेको आरोप लगाउनेहरुले सरकार ढा’लेर पार्टी फुटाउन खोजेपछि प्रतिनिधिसभा भं’ग गर्नुपरेको बताउनुभएको हो ।भूमि फिर्ता माग्दा सम्बन्ध बिगारेको, संविधान बनाएबापत ना’काबन्दी लागेको र ना’काबन्दीको सा’मना गरेबापत आफुलाई घे’राबन्दीमा पारिएको उहाँले बताउनुभयो ।

प्रचण्ड–माधव नेपाल ने’तृत्वको नेकपाले नारायणकाजी श्रेष्ठको नेतृत्वमा आ’न्दोलन परिचालन समिति ग’ठन गरेलगत्तै ओलीले त्यसप्रति पनि व्यंग्य गर्नुभयो ।उहाँले आफूसँग मिल्न आए ठाउँँ खाली राखिएको र कसैलाई न’हटाइएको बताउनुभयो । त्यस्तै उहाँले संसद पु’र्नस्थापना गर्ने कुनै ब’हाना नरहेको र बहुमत प्राप्त सरकारले गरेको संसद बि’घटन पुर्नस्थापना हुने सम्भावना नरहेको धारणा पनि राख्नुभयो ।प्रधानमन्त्री ओलीले अव आवश्यकता र औ’चित्यका आधारमा संविधान संशोधन गर्ने धारणा राख्नुभयो ।