घ’ट्यो कोरोना संक्रमण: देशभर साढे सात हजार मात्रै सक्रिय संक्रमित, कुन प्रदेशमा कति ?

काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या घ’टेसँगै दैनिक संक्रमण हुने र मृत्यु हुनेहरुको संख्या पनि घ’टेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अहिले दैनिक ७ सयको हा’राहारीमा संक्रमित भेटिएका छन् । त्यस्तै मृ’त्युदर पनि घटेको छ ।मन्त्रालयकाअनुसार अहिले देशभर ७ हजार ५ सय १५ जना मात्र सक्रिय संक्रमित रहेका छन् । यो विवरणअनुसार अहिले नेपालमा कोरोना संक्रमणको दर तीव्र रुपमा घ’टिरहेको देखिन्छ ।दिनको ६ हजार ५ सय ५९ जनाको कोरोना परीक्षण गर्दा ७ सय ७४ जना कोरोना संक्रमित भेटिएका छन् ।

संक्रमित भेटिएको यो संख्या तुलनात्मक रुपमा धेरै कम हो ।त्यस्तै पछिल्लो समय मृ’त्यु हुनेको संख्या पनि घ’टेको छ । हिजो कोरोनाबाट मृ’त्यु हुने संख्या ५ जना रहेका थिए । तर, विश्वभर अहिले कोरोना संक्रमणको दर कम भएको छैन । दैनिक हजारौँ संख्यामा संक्रमित भएका छन् ।हजारौँकै संख्यामा मृ’त्यु भइरहेको छ । कोरोना संक्रमणको जोखिम अहिले पनि उत्तिकै रहेको विज्ञहरुले बताएका छन् । युरोपका देशहरुमा अहिले कोरोनाको दोस्रो लहर सुरु भएको वैज्ञानिकहरुले बताएका छन् ।अहिले विकास भएको कोरोनाको दोस्रो प्रकार पहिलोभन्दा १० गुण छिटो संक्रमण हुने वैज्ञानिकहरुले बताएका छन् ।

त्यसैअनुसार अहिले नेपाल सरकारले पछिल्लो समय इजरायलबाट आउने मानिसले उच्च स्वास्थ्य सुरक्षा अ’पनाउन भनेको छ ।सरकारले इजरायलबाट अहिले उडान ब’न्द गरेको छ । इजरायलमा भर्खरै मात्र कोरोना भाइरसको दोस्रो प्रकार भेटिएको पुष्टि भएको बताइएको छ ।नेपालमा रहेका अधिकांस सक्रिय संक्रमित बागमती प्रदेशका रहेका छन् । बागमती प्रदेशमा अहिले ४ हजारभन्दा बढी संक्रमित रहेका छन् । मन्त्रालयकाअनुसार बागमती प्रदेशमा अहिले ४ हजार ४ सय ७५ जना रहेका छन् ।जसमा काठमाडौं जिल्लामा मात्र ३ हजार २ सय १३ जना रहेका छन् ।

काठमाडौं र ललितपुर रेड जोनमा रहेका छन् । त्यस्तै लुम्बिनीमा ९ सय जना सक्रिय संक्रमित रहेका छन् ।गण्डकी प्रदेशमा ८ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् । गण्डकी प्रदेशको कास्की जिल्ला अहिले पनि रेड जोनमा रहेको छ । सुदूरपश्चिममा ८ सय ३ जना सक्रिय संक्रमित रहेका छन् । कर्णालीमा १ सय ७३ जना र प्रदेश १ मा २ सय ७९ जना संक्रमित रहेका छन् ।त्यस्तै सबैभन्दा कम सक्रिय संक्रमित प्रदेश २ मा रहेका छन् । यो प्रदेशमा अहिले ४६ जना मात्र सक्रिय संक्रमित रहेका छन् । कोरोनाको सुरुवातको समयमा यो प्रदेश संक्रमणको केन्द्रको रुपमा रहेको थियो ।