८ नयाँ मन्त्रीले लिए सपथ, कसलाई कुन मन्त्रालय (सूचीसहित)

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर र विस्तार गरेका छन्। प्रधानमन्त्रीले संसद भंग गरेपछि सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए। त्यसैले प्रधानमन्त्री ओलीले रिक्त रहेको मन्त्रालयमा आज मन्त्री थप गरेका हुन्। थपिएका मन्त्रीहरू- टोपबहादुर रायमाझी-उर्जा, मणि थापा-खानेपानी, प्रभु साह-शहरी विकास, प्रेम आले-वन , गणेश ठगुन्ना-सामान्य प्रशासन , गौरी शंकर चौधरी-श्रम, दावा लामा-युवा तथा खेलकुद, जुली कुमारी महतो-महिला बालबालिका ,
विमला विश्वकर्मा- उद्योग राज्यमन्त्री, भानुभक्त ढकाल- पर्यटन (मन्त्रालय हेरफेर), हृदयेश त्रिपाठी- स्वास्थ्य (मन्त्रालय हेरफेर), लीलानाथ श्रेष्ठ-कानून रहेका छन् ।

शिवमाया तुम्बाहाङ्फे-भूमिसुधार, त्यस्तै पद्मा अर्याल- कृषि, कृष्ण गोपाल श्रेष्ठ- शिक्षा, यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनेका छन्। यसअघिका महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन्। भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन् । त्यस्तै शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री भएका छन् ।युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड बिदा भएका छन् ।