राप्रपाले पृथ्वीजयन्ती मनाउने

रासस काठमाडौँ । राष्ट्रिय प्र’जातन्त्र पार्टीले यही पुस २७ गते विभिन्न कार्यक्रम गरी पृ’थ्वीजयन्ती मनाउने भएको छ । अध्यक्ष डा प्रकाशचन्द्र लो’हनीका अध्यक्षतामा आज बसेको पार्टी केन्द्रीय सचिवालय का’र्यव्यवस्था समितिको बैठकले ‘राष्ट्रिय ए’कता दिवस’का अवसरमा कोरोना म’हामारीलाई दृ’ष्टिगत गर्दै सा’माजिक दू’री र स्वास्थ मा’पदण्डको नि’यम पा’लना गरी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको यो’गदानबारे प्रकाश पा’र्न देशभर औ’पचारिक कार्यक्रम आ’योजना ग’र्ने नि’र्णय गरेको हो ।

अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र कमल थापासमेतको उपस्थिति रहेको बैठकले केन्द्रीय नेता एवं प्रतिनिधिको उपस्थितिमा पार्टीको झ’ण्डोत्तोलन तथा चु’नाव चिह्न अनावरण कार्यक्रम पुस महिनाभित्र ७७ जिल्लामा स’म्पन्न गर्ने नि’र्णय पनि गरेको केन्द्रीय सदस्य सुन्दर पाण्डे जानकारी दिनुभयो । पार्टीले यही पुस १७ गते काठमाडौँमा भेला पनि डा’केको छ ।