अमेरिकामा रमाउँदै झरना र सुहाना !

काठमाडौं, पुरानी नायिका तथा हाल निर्देशकको रूपमा सक्रिय झरना थापा दम्पती छोरी नायिका सुहाना थापासहित अमेरिका पुगेका छन् । सोमबार थापा परिवार अमेरिका पुगेका हुन् । सुहानाको अध्ययन र पारिवारिक भेटघाटका लागि उनीहरु अमेरिका गएको बताइएको छ ।उनीहरुको बसाई एक महिनाको हुनेछ ।अमेरिकामा ‘ए मेरो हजुर ४’ को एक गीत खिच्ने तयारी समेत रहेको छ । यसका लागी केही समय पछि अनमोल पनि अमेरिका जाने बताइएको छ । यसअघि फिल्म ‘ए मेरो हजुर ३’ को एक गीत र केही प्रतिशत छायांकन अमेरिकामा नै गरिएको थियो ।

‘ए मेरो हजुर ४’ मा पनि अनमोल र सुहानाले जोडी बाधेका छन् । ‘ए मेरो हजुर ४’फिल्मको एक महत्त्वपूर्ण सिनमा अभिनेता अनमोल केसी गम्भीर विरामी भएको देखिनुपर्ने र जसका लागि उनले १० केजी तौल घटाउनुपर्ने भएकाले पनि फिल्मको छायांकन तत्काललाई रोकिएको बताइएको छ ।