हामी प्रतिनिधिसभा पुनः स्थापनाको एजेन्डा बोक्दैनौँ : देउवा

काठमाडौं,प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले प्रतिनिधिसभा पुन:स्थापनाको कुनै एजेन्डा न’बोक्ने स्पष्ट पारेका छन्। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताले संसद् पुनस्र्थापनाको एजेन्डालाई ज’नतासमक्ष लिएर जानुपर्ने मा’ग गरिरहेको अवस्थामा सभापति देउवाले त्यस्तो ए’जेन्डा बो’क्न नसकिने स्पष्ट पारेका हुन्। यो खबर आजको राजधानी दैनिकले छापेको छ। शुक्रबारको केन्द्रीय समितिको बैठकमा वरिष्ठ नेता पौडेलले संसद् वि’घटनलाई अ’संवैधानिक र अलोकतान्त्रिक ठ’हर गरिसकेपछि आन्दोलनको एजेन्डा संसद् पुनस्र्थापना हुनुपर्ने आवश्यकता औं’ल्याएका थिए ।

पौडेललाई जवाफ दिँदै सभापति देउवाले संसद् पुनस्र्थापनाको ए’जेन्डा बन्न नसक्ने बताएका हुन् । ‘संसद् वि’घटनको विषय अहिले सर्वोच्च अदालतमा वि’चाराधीन भएकाले त्यसबारे कांग्रेसले केही गर्दैन र यस विषयमा कुरा गर्ने अवस्था छैन,’ बैठकमा सभापति देउवाले भने। कांग्रेसले यही १३ पुसमा सरकारको कदमवि’रुद्ध देशव्यापी प्र’दर्शन गर्ने निर्णय गरिसकेको छ । प्र’दर्शनको तयारी र मेलमिलाप दिवस मनाउन कांग्रेसले १९ पुससम्म केन्द्रीय समितिको बैठक स्थ’गित गरेको छ। बैठक सकिनुअघि केही बोल्नु छ भन्दै पौडेलले केही बेर समय मागे ।

त्यसपछि सभापतिले उनलाई समय दिएलगत्तै पौडेलले आ’न्दोलनको एजेन्डाबारे पार्टी प्रस्ट हुनुपर्ने माग गरे । उनले आ’न्दोलन गर्न कांग्रेस ड’राउन नहुने बताए। ‘आ’न्दोलनमा जाँदा पार्टीको एजेन्डा स्पष्ट हुनुपर्छ । संसद् वि’घटन अवैधानिक हो भने पुनस्र्थापना हुनुपर्छ भनेर जनतासमक्ष स्पष्ट लक्ष्यका साथ जानैपर्छ । यस्तो संवेदनशील विषयलाई झा’रा टा’र्ने गरी आन्दोलन तु’हाउन खो’ज्नु गलत हुन्छ,’ पौडेलले भने । त्यस लगत्तै देउवाले संसद् पुनस्र्थापनाका बारेमा सडकमा जान नसकिने भएकाले यो एजेन्डा नबोक्न आग्रह गरे।