मुम्बई : बलिउड नायक रणवीर कपुरले पहिलो पटक सार्वजनिक रूपमा नायिका आलिया भट्ट आफ्नो प्रेमिका भएको स्वीकारेका छन्। रणवीरका अनुसार कोरोना भाइरसको महामारी नआएको भए अहिलेसम्म दुवैको विवाह भइसक्थ्यो ।रणवीर भन्छन्, ‘यदि महामारीले हाम्रो जीवनमा ह’मला नगरेको भए मेरो विवाह भइसकेको हुन्थ्यो। तर म यसलाई अभागी भन्न चाहन्नँ। म चाँडै आफ्नो जीवनको यो लक्ष्य पनि पूरा गर्नेछु।’ एक अन्तर्वार्ताका क्रममा उनले भनेका छन्, ‘मेरी प्रेमिका आलिया ओभर एचिभर हुन्।

उनले गिटारदेखि लिएर स्क्रिन रा’इटिङसम्म सम्भवतः हर अनलाइन क्ला’स लिएकी छन्। उनको अघि म आफूलाई अ’न्डर ए’चिभर महसुस गर्छु।’ रणवीरले सन् २०२० आफ्नो लागि निकै क’ठिन भएको बताएका छन्। उनले यो वर्ष आफ्ना पिता ऋषि कपुरलाई गु’माएका थिए। उनका पिताको गत ३० अप्रिलमा नि’धन भएको थियो।