श’ल्यक्रियाबिनै जन्मियो ५ किलोको बच्चा

रसुवा , रसुवास्थित रसुवा अस्पतालमा एक महिलाले ५ किलोको बच्चालाई जन्म दिएकी छिन्। रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६, धुन्चेकी २८ वर्षीया दावा तामाङले बिहीबार बिहान स्वस्थ बच्चालाई जन्म दिएकी हुन्। राति १ बजेतिर अस्पताल पुर्‍याइएकी उनले ३ बजेर ३७ मिनेट जाँदा बच्चा जन्माएकी अस्पतालले जानकारी दिएको छ। बच्चा थोरै अ’ड्किएको भएपनि श’ल्यक्रिया नगरी नै सु’रक्षित प्र’सूति गराइएको अस्पतालका डाक्टर रेसल पोखरेलले बताए। ‘तौल धेरै भएको बच्चा अ’प्रेसन गरेर नि’काल्न पर्ने हुन्छ’, उनले भने, ‘पाँच किलो तौलको बच्चा अ’प्रेसन नगरी स्वस्थ जन्मँदा मलाई पनि आ’श्चर्य लागेको थियो।’

भिडियो ए’क्स–रे गर्दा साढे ४ किलो भन्दा बढी तौलको बच्चा देखिए श’ल्यक्रिया गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ। डाक्टर पोखरेलका अनुसार आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो छ। रसुवा अस्पतालमा यसअघि पाँच किलो तौलको बच्चाको जन्म भएको छैन ।५ किलोको बच्चा सामान्य रूपमा जन्मनु असाधारण भएको अस्पतालका मे’डिकल सुपरिटेण्डेन्ट डाक्टर अनिल खरेलले बताए। अनेकौ प्र’यासले गर्दा अ’ड्किएको बच्चा निकाल्न सफल भएको उनले बताए। अ’प्रेसन गर्नुपर्ने बच्चा साधारण तरिकाले नि’काल्न सक्नु अस्पतालको ठूलो उ’पलब्धि हो।