गुल्मीमा पहिलोपटक महिला सीडीओ

गुल्मी, गुल्मीमा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) आएकी छन् । सीडीओे रुद्रादेवी शर्मा रामेछापबाट सरुवा भएर गुल्मी आएकी हुन् । ११ महिनासम्म रामेछाप जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा ३९ औं प्रमुख जिल्ला अधिकारी हुन् । यसअघिका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको गृहमन्त्रालयमा स’रुवा भएपछि उनको यहाँ सरुवा भएको हो ।जिल्लामा प्रमुख जिल्ला अधिकारी रहेको ५० वर्षे इ’तिहासमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी (सीडीओे) पाएको हो ।

२०२७ सालदेखि प्रमुख जिल्ला अधिकारी (सीडीओे) रहेको इतिहासमै महिला भने आएका थिएनन् ।कार्यभार स’म्हालेपछि सीडीओ शर्माले जिल्लास्थित विभिन्न क्रियाशील राजनैतिक दल, पत्रकार, संघसंस्थाहरुका प्रमुखहरुसँग परिचयात्मक कार्यक्रम र जिल्लाको वस्तुस्थितिको बारेमा समेत जानकारी लिएकी छन् ।पत्रकारहरुसँगको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शर्माले आफ्नो मुख्य भूमिका जिल्लावासीको लागि शान्ति सु’रक्षा दिनु र अ’पराध नियन्त्रण गर्नु रहेको बताइन् ।