अस्पतालभित्रै २० रुपैयाँमा खाना

नेपालगञ्ज – सुन्दरकाण्ड मित्र मण्डलले भेरी अस्पतालभित्रै २० रुपैयाँमा खानाको व्यवस्था गरेको छ । बिरामी लिएर अस्पताल आउनेलाई २० रुपैयाँको खानाले ठूलो राहत मिलेको छ ।सुन्दरकाण्ड मित्र मण्डलका सञ्चालक विजय गुप्ताले दैनिक दुई सयजना भन्दा बढिले खाना खाइरहेको जानकारी दिए । ‘दैनिक चार सय बढिलाई खाना खुवाउने लक्ष्य हो । अहिले दुई सय बढिले खाना खाइरहनु भएको छ’, मधेसी आयोगका सदस्यसमेत च’यन भएका गुप्ताले थपे, ‘सरसहयोग जु’टाएर सेवा गरेका छौँ ।’भेरी अस्पतालमा यस क्षेत्रकै बि’रामीलाई उपचार गर्न ल्याइन्छ ।

यो अस्पताल रिफरल सेन्टरको रुपमा विकास भएको छ । अन्यत्र क्षेत्रीय अस्पताल हुँदा पनि यो अञ्चल अस्पतालमा बि’रामी ल्याउने गरिन्थ्यो । अहिले अञ्चल शब्द ह’टेको छ । छिमेकी जिल्लाहरु बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, दैलेख, जाजरकोट, दाङ, सल्यान, रोल्पा, रुकुमका बि’रामी भेरीमै आइपुग्छन् ।नजिक या टाढाबाट बि’रामी लिएर आएका मानिसलाई खानाका लागि बाहिर जानु पर्ने बा’ध्यता थियो । त्यो पनि भनेको बेलामा पाइन्छ कि पाइदैन, अर्को स’मस्या थियो । सुन्दरकाण्ड मित्र मण्डलले अस्पताल परिसरमै सस्तोमा सफा खाना खुवाउन थालेपछि बि’रामी र बि’रामी कु’रुवालाई ठूलो राहत मिलेको छ ।