प्रदेश–१ का मुख्यमन्त्री राईवि’रुद्ध अविश्वास प्रस्ताव दर्ता हुँदै

काठमाडौं, सत्तारुढ नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले प्रदेश–१ सरकारका मुख्यमन्त्री शेरधन राईवि’रुद्ध अ’विश्वास प्रस्ताव दर्ता गर्ने भएको छ । राई प्रधानमन्त्री केपी ओली नि’कट हुन् ।सो पक्षले आइतबार मुख्यमन्त्री राईवि’रुद्ध प्रदेशसभा सचिवालयमा अ’विश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेको नेकपाका एक नेताले जानकारी दिए । शुक्रबार मात्र प्रचण्ड–नेपाल पक्षका मन्त्रीहरुले रा’जीनामा दिएसँगै बागमति प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलवि’रुद्ध अ’विश्वास प्रस्ताव दर्ता गरिसकिएको छ ।

प्रधानमन्त्री केपी ओलीले संघीय प्रतिनिधिसभा वि’घटन र मध्यावधि निर्वाचन घोषणा गरेसँगै त्यसको राजनीतिक पराकम्पले प्रदेश सरकारहरु पनि ह’ल्लिएका छन् ।कूल ९३ सदस्यीय प्रदेश–१ को सभामा नेकपामा मात्र ६७ सांसद छन् । सरकार टिक्न मुख्यमन्त्रीका पक्षमा ४७ सांसदको समर्थन आवश्यक हुन्छ । तर, राईका पक्षमा २० सांसद छन् । ४७ सांसद प्रचण्ड–नेपाल पक्षका छन् । संसदको अंकगणित हेर्दा प्रदेश–१ सरकार अल्पमतमा पर्ने निश्चित छ । प्रचण्ड–नेपाल पक्षका सांसद कुशल लिम्बूले मुख्यमन्त्री राईवि’रुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको स्वीकार गरे ।

‘नेकपा अनौपचारिक रुपमा फु’टिसकेको छ’, लिम्बूले भने, ‘पार्टी फु’टेको अवस्थामा अर्कै पार्टीका व्यक्तिलाई हामीले मुख्यमन्त्री स्वी’कार्ने कुरा भएन ।’लिम्बूले शेरधन नेतृत्वको सरकार ढ’लेपछि प्रदेशमा सर्वदलीय सरकार गठन गर्नुपर्ने पक्षमा आफूहरु रहेको बताए । प्रदेशसभामा नेकपामा ६७, कांग्रेसका, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन् ।