नेकपा सूर्य चिन्ह लिएर जनतामाझ जाने ईश्वर पोखरेलको भनाइ

काठमाडौं। उपप्रधानमन्त्री एवं नेकपा नेता ईश्वर पोखरेलले नेकपा सूर्य चिन्ह लिएर जनतामाझ जाने बताउनुभएको छ ।शनिबार काठमाडौं क्षेत्र नंवर ५ को नेकपा अगुवा कार्यकता भेलामा उहाँले ताजा जनादेश लिन सूर्य चिन्ह लिएर जनतामाझ नेकपा जाने बताउनुभएको हो । नेता पोखरेलले नेकपालाई फुट नभई बलियो बनाएर लैजाने तर्क पनि गर्नुभयो । पार्टी बिभाजन जनताको म्यान्डेड नभएको भन्दै बिगतका उदेश्य पूरा गर्न पनि एकताबद्ध हुनुपर्ने उहाँको भनाइ थियो ।नेकपाभित्रका सदस्यलाई पूर्व एमाले वा पूर्व माओवादी भन्न नहुने भन्दै पोखरेलले नेकपा भएर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

पोखरेलले भाग पाउने लोभले अर्को समूहमा जाने प्रवृति त्याग्नुपर्ने भन्दै पार्टीका लागि लड्नेहरुलाई निराश नपार्ने बताउनुभयो । आफु मन्त्रीपरिषद्को कार्यालयमा रहेको भन्दै नेता पोखरेलले ठूला–ठूला आयोजनाको अनुगमन आफुले गर्ने गरेको जानकारी दिनुभयो ।