भोलि मेरो नेतृत्वमा मुख्यमन्त्री शेरधन राईवि’रुद्ध अ’विश्वासको प्रस्ताव आउँछ : इन्द्र आङबो

काठमाडौं, मुख्यमन्त्री शेरधन राईद्वारा ब’र्खास्त गरिएका प्रदेश १ का आर्थिक ममिला तथा योजनामन्त्री इन्द्र आङ्बोले मुख्यमन्त्री शेरधन राईवि’रुद्ध आइतबार अ’विश्वास प्रस्ताव दर्ता गर्ने बताएका छन्। मुख्यमन्त्रीले शनिबार उनलाई मन्त्रीबाट ब’र्खास्त गरेपछि आङ्बोले आफ्नो नेतृत्वमा आइतबार मुख्यमन्त्री राईवि’रुद्ध अविश्वास प्रस्ताव प्रदेश सभामा दर्ता गर्ने बताए। ‘भोली मेरो नेतृत्वमा मुख्यमन्त्रीवि’रुद्ध अविश्वास प्रस्ताव आउँछ। अविश्वास प्रस्ताव दर्ता गर्नुअघि हामी आफैले रा’जीनामा दिने तयारीमा थियौं ।’

उनले भने, ‘प’दमुक्त गरेर उहाँले त्यो कामलाई झनै स’हज बनादिनु भयोे, मैले फोन गरेर उहाँलाई बाटो सहज बनाइदिनु भएकोमा धन्यवाद भने।’ आङबोले मुख्यमन्त्री राईवि’रुद्ध केही मन्त्रीसहित नेकपाका सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गर्ने बताए। ‘भोली अन्य मन्त्री साथीहरुले समेत रा’जीनामा दिँदै हुनुहुन्छ,’ आङ्बोले भने। तर कस कसले रा’जीनामा दिँदैछन् भन्ने बारेमा भने उनले खुलाउन चाहेनन्।