बेलायतबाट नेपालमा नयाँ ख’तरनाक भाइरस भि’त्रिएको आशंका, २३५ जना नि’गरानीमा

काठमाडाैं । बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस फेला परेपछि उक्त मुलुकबाट नेपाल भि’त्रिएका २ सय ३५ जना नागरिक नि’गरानीमा परेका छन् । १४ जना क्वा’रेन्टाइनमा छन् ।उनीहरूको स्वाब नमुना संकलन गरी नेपालमा नयाँ भाइरस प्रवेश भए/नभएको अध्ययन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बेलायतबाट सीधै र अन्य मुलुकबाट बेलायत ट्रा’न्जिट हुँदै आउने नागरिकलाई नि’गरानीमा राखिएको जानकारी दिए । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गत इ’न्सिडेन्ट क’मान्ड सिस्टमको बैठकले बुधबार बसेको नयाँ भाइरसको स्वरूप नेपालमा भि’त्रिएको छ÷छैन भन्नेबारे अध्ययन गर्ने निर्णय गरेको थियो ।नयाँ भाइरस संक्रमण देखिएसँगै बेलायतबाट हुने उडान र यात्रु आगमनलाई नेपालमा प्र’तिबन्ध लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत बुधबार रातिदेखि लागू हुने गरी बेलायत र बेलायत ट्रा’न्जिट भएर आउने यात्रुलाई न’ल्याउन विभिन्न हवाई सेवालाई स’र्कुलर गरेको थियो । त्यसअघि नै बेलायतबाट नेपाल भि’त्रिएकामध्ये केही व्यक्तिको स्वाब संकलन गरी जि’न सि’क्वेन्सिङद्वारा आ’नुवंशिक सं’रचनाको अध्ययन गर्न लागिएको डा. गौतमले बताए ।

मन्त्रालयले पुस पहिलो साता बेलायतबाट आएका ना’गरिकले अनिवार्य होटल क्वारेन्टाइनमा बस्नुपर्ने र प्र’योगशालामा स्वाब परीक्षण गर्न आ’ग्रह गरेको छ । बेलायतमा असोजमै पहिलो पटक नयाँ भाइरस देखापरेको थियो । अहिले फ्रान्स डेनमार्क, ना’इजेरियालगायत मुलुकमा नयाँ स्वरुपको कोरोना भाइरस देखापरेको छ। यस भाइरसले त्रा’स बढाएको छ ।