माइतीघरमा स्वास्थ्यकर्मीहरूकाे संयुक्त ध’र्ना, ज’टिल रो’गको सबै उपचार राज्यले निशुल्क गर्नुपर्ने माग

काठमाडाैं । आफूहरुले उठाएका विभिन्न १८ बुँदे मागहरु पुरा नभएको भन्दै स्वास्थ्यमा क्रि’याशिल ट्रेड युनियन तथा पेशागत सं’घ/संगठनहरुको संयुक्त सं’घष समितिले माइतिघरमा प्र’र्दशन गरेका छन् । स्वास्थ्य क्षेत्रका २३ वटा पेशागत सं’घ सं’गठनले गत मंसिर ७ गते मन्त्रालय सा’मु विभिन्न १८ बुँदे माग सहितको ज्ञापन पत्र बुझाउँदै २१ दिनको अ’ल्टिमेटम दिएका थिए ।उनीहरूले ,काेराेना महामारीमा स्वास्थ्याकर्मीकाे साथ, जनाकाे स्वास्थ्यमाथि सरकारकाे घा’त’, ‘सरकार ! मलाई पीपीई खाेइ ?’, ‘सरकार स्वास्थ्यकर्मीकाे सुरक्षाकाे जिम्मा कस्काे ?’ लेखिएकाे प्ले कार्डसहित प्र’दर्शन गरेका छन् ।

उनीहरूले कोभिड लगायत अन्य ज’टिल रो’गको सबै उपचार राज्यले निशुल्क गर्नुपर्ने, आ’इसियु, भेन्’टिलेटर लगायत उपकरणहरुको संख्या देशैभरका अस्पतालमा वृद्धि गरी सेवा विस्तार गर्नुपर्ने, निश्चित मा’पदण्डका आधारका सबै स्वास्थ्यकर्मीलाई क्वा’रेन्टाइन, आ’इसोलेसन र बि’दाको व्यवस्थापन हुनुपर्ने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव स्वास्थ्य सेवाबाट नै हुनुपर्ने लगायत १८ बुँदे माग अघि सारेका छन् ।नेपाल चिकित्सक संघ, नेपाल स्वास्थ्यकर्मी संघ, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल स्वास्थ्यकर्मी युनियन, अखिल नेपाल प्रतिगतिशील स्वास्थ्यकर्मी सं’गठन, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन लगायत २३ वटा सं’घ संगठनले ऐ’क्यवद्धता जनाएका छन्।