राष्ट्रपतिलाई भेटेलगत्तै प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्यो चि’नियाँ टोली

काठमाडौँ- राजनीतिक अ’स्थीरताबीच नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेलगत्तै बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको छ। आइतबार दिउँसो एयर चाइनाको चार्टर्ड विमानबाट काठमाडौँ ओ’र्लिएको चि’नियाँ टोलीले नेकपाको जा’री वि’वाद र राजनीतिक अ’स्थीरताका विषयमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत नेकपाका उच्च नेताहरुसँग परामर्श गर्ने उच्च स्रोतले जानकारी दिएको छ। नेकपाको वि’वाद गहिरिँदै जाँदा त्यसको असर राष्ट्रिय राजनीतिमा पनि परेको अवस्थामा छलफल र संवादका लागि चि’नियाँ टोली काठमाडौँ आइपुगेको हो।

चि’नियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको ने’तृत्वमा चार सदस्यीय टोली आइतबार दिउँसो साढे १ बजेतिर काठमाडौं आइपुगेको हो। चिनियाँ राष्ट्रपति सी जिङपिङको सन्देश लिएर उक्त टोली काठमाडौँ आइपुगेको बुझिएको छ। यस अघि नेपालस्थित चि’नियाँ राजदूत होउ याङ्छीले नेकपाका नेताहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायतसँग भेट गरेकी थिइन्।