बलिउड सुपरस्टार सलमानको ५५औं जन्मोत्सव काठमाडौंमा पनि सेलिब्रेट

काठमाडौं । बलिउडका सुपरस्टार सलमान खानको ५५औं जन्मोत्सव काठमाडौं पनि सेलिब्रेट गरिएको छ। नायक खानले सञ्चालन गरिरहेको ‘बि’इङ ह्यु’मन’को नेपाली फ्रे’ञ्चाइज संस्थाले जन्मोत्सव सेलिब्रेट गरेको हो। ‘बि’इङ ह्यु’मन’ क्लो’थिङ नेपालको आयोजनामा दरबारमार्गस्थित किङ्ग्स् लाउञ्जमा केक का’टेर सलमानको जन्मदिन सेलिब्रेट गरिएको छ । उक्त अवसरमा अभिनेता तथा फिल्म निर्माता भुवन केसी, अभिनेत्री सुष्मा कार्की, कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार लगायत कलाक्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति थिए ।

भुवन केसी, सुष्मा कार्की, प्रशान्त ताम्राकारसहितका कलाकारसँगै आयोजकहरूले पनि एकैसाथ केक का’टेर सलमानको जन्मदिन मनाएका छन्। कार्यक्रममा सलमान खानको कलाकारिता यात्रासँगै सामाजिक क्षेत्रमा गरिरहेको योगदानको चर्चा गरिएको थियो ।भुवन केसीले कलाक्षेत्रमा ला’ग्नेहरूका लागि सलमान खान प्रेरणाका स्रोत भएको बताए। कार्यक्रममा गायक–गायिकाहरूले नायक सलमान खानले अभिनय गरेका चलचित्रका एक दर्जन भन्दा बढी गीत प्रत्यक्ष रुपमा गाएका थिए।