नेपाललाई रसियाले कोरोनाबिरुद्धको खोप दिने, १०८ मुलुक मध्ये नेपाल छैटौं प्रथामिकतामा

काठमाडौं । नेपाललाई रसियाले कोभिड-१९ अर्थात कोरोना भाइरसबिरुद्धको खोप उपलब्ध गराउने भएको छ । सोमबार नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठी र नेपालका लागि रसियन राजदूत अलेक्सइ ए नोविकोवबीच शिष्टाचार भेट भएको छ ।भेटमा नेपाललाई रसियाले नेपाल रसियाले कोरोना बिरुद्धको खोप दिने मुुलुकको अग्र प्रथामिकतामा रहेको राजदूत लेक्सइ ए नोविकोवले बताउनु भएको थियो । भेटमा नवनियुक्त मन्त्री त्रिपाठीलाई बधाई तथा कार्य सफलताको शुभकामना पनि दिनु भएको थियो ।

त्यस्तै राजदूत लेक्सइ ए नोविकोवले रसियन भ्याक्सीन विश्वका १०८ मुलुकले मागिरहेको जानकारी दिनुभयो । जसमा नेपाललाई छैटौँ मुलुकको प्रथामिकतामा राखिएको र चाँडै नेपाललाई खोप उपलब्ध गराउनका लागि रसिया प्रतिबद्ध रहेकाे राजदूत लेक्सइ ए नोविकोवले जानकारी दिनुभएको छ ।त्यस्तैगरी मन्त्री त्रिपाठी र राजदूत लेक्सइ ए नोविकोवबीच पछिल्ला बिकसित राजनीतिक घटनाक्रमका बिषयमा पनि कुराकानी भएको बताइएको छ ।