‘कालो अक्षर भैंसी बराबर’ हो र कमरेड ?

काठमाडौं, अघिल्लो आइतबारदेखि नेकपा केन्द्रीय समितिको वास्तविक सदस्य संख्या र संसद पुनस्र्थापना हुने वा नहुने भन्ने विषय सबैभन्दा धेरै चर्चामा रहेको देखिन्छ । प्रधानमन्त्रीको प्रतिनिधि सभा वि’घटनसम्बन्धी कदमका कारण नेकपामा देखिएको स्पष्ट वि’भाजनपश्चात् उठेको वैधानिक संस्थापनको विषय यतिखेर निर्वाचन आयोगमा पुगेको छ ।नेकपा (बहुमत) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायतका नेताहरूले केही दिनअघि आयोगमा पुगी आफ्नो पक्षमा बहुमत केन्द्रीय सदस्य रहेको दा’बी गरिसक्नुभएको छ ।

उता, प्रधानमन्त्री नि’कट स’मूहले गत साता बालुवाटारमा डाकेको केन्द्रीय समितिको बैठकमा प्रदेश र स्थानीय तहका आफू नि’कट नेता तथा कार्यकर्तालाई केन्द्रीय सदस्यमा म’नोनित गरी १ हजार १ सय ९९ जनाको महाधिवेशन आयोजक समितिको ग’ठन गरिएको छ । पार्टीको पहिलो नम्बरको अध्यक्ष र महासचिवसहितको बैठकले गरेको उक्त नियुक्ती पश्चात्को संख्या नै केन्द्रीय समितिको आधिकारिक संख्या रहेको प्रचार समेत गर्न थालिएको छ ।राजनीतिक द’लसम्बन्धी ऐ’नमा कुनैपनि दल दर्ताको क्रममा आयोगमा पेश गरिएको केन्द्रीय समितिको संख्या नै आधिकारिक हुने उल्लेख छ ।

त्यस हिसाबले हेर्दा तत्कालीन नेकपा एमाले र मा’ओवादी केन्द्रबीच भएको ए’कीकरणको अघिल्लो दिन २०७५ जेठ २ गते भएको लि’खित सम्झौतामा ए’कीकृत पश्चात् बन्ने नेकपाको म’हाधिवेशनसम्मका लागि केन्द्रीय समिति क्रमशः ए’मालेको तर्फबाट २ सय ४१ र मा’ओवादीको तर्फबाट २ सय गरी कूल ४ सय ४१ जना हुने उल्लेख छ । त्यसैगरी स्था’यी समिति पनि क्रमशः २५ र १८ गरी ४३ जनाको हुने भन्ने व्य’होरामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कालो मसीले हस्ताक्षर गर्नुभएको देखिन्छ ।

उक्त हस्ताक्षरको साक्षीको रूपमा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेल र मा’ओवादीका जनार्दन शर्मा ‘प्रभाकर’ ले ह’स्ताक्षर गरेको देखिँदा देखिँदै नेकपा केन्द्रीय समिति सदस्यको आ’धिकारिक संख्याको बारेमा वि’वाद गरिरहन आवश्यक नरहेको बताइन्छ ।जनआस्था