‘२० महिनामा म’र्छु’ भनेर केपी ओलीले पार्टी एकता गरेका थिए : सुरेन्द्र पाण्डे

काठमाडौं, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले २० महिनामा मर्छु भनेर पार्टी एकता गरेको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले बताएका छन्। पार्टी एकता गर्ने कुरा भए पनि हुन्छ कि हुँदैन भन्ने द्वि’विधा भएको अवस्थामा ओलीले प्रचण्डलाई भेटेर आफू १८–२० महिनामै म’र्ने बताएको पाण्डेले दा’बी गरे। ‘मलाई त डाक्टरले १८ महिनादेखि २० महिनामा म’र्छ भनेको छ, म म’र्ने नै हो, बाँ’च्ने नै होइन’, ओलीको भनाइ उदृत गर्दै पाण्डेले भने, ‘हदै भए २२ महिना बाँचुला, पार्टी कल्लाई जिम्मा लाउने भनेर छ’टपटाएको बेला तपाईंजस्तो नेता पाए, तपाईंलाई नेता पाएर बल्ल ढुक्क भए।’

त्यतिबेला ओलीले तत्कालीन एमालेमा पार्टीको जिम्मा लगाउने व्यक्ति नै नभएको बताएको पाण्डेले बताए। ‘पार्टीको जिम्मा लिने कोही देखिन अरू भनेर ओलीले भनेपछि प्रचण्ड जीलाई पनि ढुक्क भयो’, पाण्डेले भने, ‘त्यसखालको कुरा गरेर पार्टी एकता घो’षणा गरिएको थियो।’प्रधानमन्त्री ओलीले गरेको संसद विघटनवि’रूद्ध पोखरामा मंगलबार आ’योजित कार्यक्रममा बोल्दै पाण्डेले उक्त कुरा बताएका हुन्। प्रधानमन्त्री ओली अ’नेक प्रपञ्च र छ’लछाम गरिरहेको भन्दै पाण्डेले प्रधानमन्त्री छ’लछाम गर्न सि’पालु भएको आरोप लगाए।

संसद वि’घटन गरेर प्रधानमन्त्री स्वयं श’स्त्रविहीन बन्न पुगेको उनको भनाइ छ। ‘हुँदै नभएको अधिकार प्रयोग गरेर संसद वि’घटन गर्नुभयो, अब स्वयं उहाँ (ओली) श’स्त्रविहीन हुनुभयो’, उनले भने, ‘अब उहाँलाई कसैले टे’र्नेवाला छैन।’ प्रधानमन्त्री ओलीले संसद वि’घटन लगायतका काम से’टिङमा मिलाएको भन्दै उनले ख’बरदारी गरे। ‘उहाँ (प्रधानमन्त्री)ले सेटिङमा गरेको भन्नुहुन्छ, ख’बरदार’, उनले भने, ‘आफ्नो सेटिङमा होइन, अर्काको सेटिङमा संसद वि’घटन गर्नुभयो, अरूको बाटोमो हिँड्न थाल्नु भयो।’प्रधानमन्त्री ओलीले देशलाई ग’म्भीर दु’श्चक्रमा फसाएको भन्दै उनले मुलुक र जनतालाई भ’ड्खालोमा हाल्ने काम गरेको बताए।

नेकपाले अघिल्लो नि’र्वाचनमा ४५ लाख भोट पाएको भन्दै उक्त मतको भा’वनाविपरीत प्रधानमन्त्री ओली गएको उनले बताए। ‘यसले केपी ओलीलाई धि’क्कारिरहेको छ’, उनले भने ।प्रधानमन्त्री ओलीलाई ५ वर्ष सरकार च’लाएर समृद्ध र सुखी नेपाली बनाउन भने पनि अर्कै बाटोमा हिँडेको पाण्डेको आरोप छ। संसद पुनर्स्थापना गरेर पूर्ववत् अवस्थामा फ’र्काउन जटिल र असामान्य भए पनि आ’न्दोलनमार्फत् बाध्य पार्ने उनले चे’तावनी दिए। २०६२/०६३ को जनआन्दोलनमा युवाहरूले लोकतन्त्रका लागि अ’न्तिम ल’डाइँ ल’ड्नुपर्ने भनेको उनले सम्झिए।

‘मलाई आफैंलाई खे’द लागिरहेको छ, उक्त आ’न्दोलनमा युवाहरूले लोकतन्त्रका लागि कतिपटक ल’ड्नुपर्ने हो भनेर मा’र्मिक ढंगले सोधेका थिए’, पाण्डेले भने, ‘हामीले त्यतिबेला क’बोल गरेका थियौं, यो अ’न्तिम हो, यसपछि पर्दैन भनेर त्यसपछि नै त्यो आ’न्दोलनमा सारा नेपालीले स’मर्थन गरेका थिए।’ अहिले आएर प्रधानमन्त्री ओलीले त्यो क’बोल र समर्थनलाई धो’का दिएको पाण्डेले बताए। प्रधानमन्त्री ओलीले चा’लेको क’दम वि’रूद्धको आ’न्दोलन कुनै नेताका लागि नभएको उनले बताए। ‘यो कदम असफल पारौं, यो असफल भएपछि मात्र हामी सु’रक्षित हुन सक्छौं’, उनले भने, ‘यो क’दम स’च्चिन जरूरी छ।’ सेतो पाटि