सीताको स्वा’स्थ्यलाभ कामना गर्दै प्रचण्डलाई प्रधानमन्त्रीको फोन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी वि’भाजनपछि पहिलो पटक अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टे’लिफोनमा कुराकानी गरेका छन् । बुधवार साँझ म’न्त्रिपरिषद बै’ठक सकिए ल’गत्तै ओलीले प्रचण्डलाई टेलिफोन गरेर प्रचण्ड पत्नी सीता दाहालको स्वा’स्थ्यको बारेमा जानकारी लिएका हुन् । प्रधानमन्त्रीले आफ्नो तर्फबाट स्वास्थ्य लाभको का’मना गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । पा’र्टी वि’भाजनपछि दुई नेताबीच संवाद भएको थिएन ।

यसैबीच प्रधानमन्त्रीको तर्फबाट नेकपा महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ सीता दाहालको स्वास्थ्यस्थिति बु’झ्न ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेका छन् ।सिताको स्वास्थ्यलाभको कामना लिएर प्रधानमन्त्रीको तर्फबाट बिष्णु पौडेल र सुवास नेम्वाङलाई अस्पतालमा पठाइएको हाे ।