नयाँ स्वरूपको भाइरस तीव्र फै’लिँदै, नेपाल पनि जो’खिममा

काठमाडौं । कोरोना भाइरसको नयाँ प्र’जातिको उच्च जो’खिममा नेपाल पनि रहेको छ । बेलायतबाट सुरु भएको नयाँ भाइरस पछिल्ला दिनमा छिमेकी मुलुक भारतमा पनि देखिएपछि नेपाल थप जो’खिममा रहेको हो ।केही दिनअघि बेलायत हुँदै नेपाल फर्किएका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यद्यपि उनीहरूमा देखिएको कोरोना नयाँ प्र’जातिको हो या होइन भनेर जि’न सि’क्वेन्सिङ गरिएको छैन । नयाँ कोरोना भाइरस पहिलेको कोरोना भाइरसभन्दा तीव्र गतिमा स’र्ने गरेको अध्ययनले पुष्टि गरेको छ ।

चिकित्सकका अनुसार नयाँ स्वरूपको भाइरस क’डा प्रकृतिको भने होइन ।स’रुवा रो’ग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार नयाँ स्वरूपको कोरोना भाइरस तीव्र ग’तिमा फैलिन्छ । उनले भने, ‘यो भाइरसले छिटो प्र’भावित पार्छ । भारतसँगको खुला सिमानाका कारण नेपाल जो’खिममा छ । जो’खिम रोकथामका लागि सरकारले ती’व्र तयारी गर्नुपर्छ ।’जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेका अनुसार भाइरसले पटक पटक म्यु’टेसन हुने र आफूलाई अपडेट गरिरहन्छ । उनले भने, ‘यो कोरोना भाइरस नै हो, अर्को नयाँ भाइरस होइन ।

भाइरस पटक पटक म्यु’टेसन हुन्छन् र आफूलाई अपडेट गरिरहन्छन् । यसअघि पनि २३ पटक नोबेल कोरोना भाइरसको म्यु’टेसन भएको थियो । कोरोना भाइरसको त ४ हजार पटकभन्दा धेरैपटक म्यु’टेसन भएको छ ।’ नयाँ स्वरूपको भाइरस निकै छिटो सर्ने भएकाले नियन्त्रण गर्न गा’ह्रो हुने बेलायती अधिकारीले बताएका छन् । याे खबर राजधानी दैनिकमा छ ।