पाथीभरा क्षेत्रमा ड’ढेलो : जर्किनमा पानी बोकेर नि’भाउने प्रयास

काठमाडौं, पाथीभरा क्षेत्रको जंगलमा लागेको आगो पूर्ण रुपमा नियन्त्रण गर्न ज’र्किनमा पानी बोक्ने र अग्नि रेखा बनाउने सहितका सबै बैकल्पिक अभियान चलाइने भएको छ। जंगलको भित्रि भागसम्म आ’गो कायमै रहेको र तर तत्काल जो’खिमको अवस्था कम भएको मध्यनजर गर्दै यस्तो अभियान सञ्चालनको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइले जानकारी दिए। ‘जो’खिम त ह’टेको छ तर आयो पूर्ण रुपमा नियन्त्रणमा आएको छैन’प्रजिअ चापागाँइले भने। उनले आ’गो जंगलको भित्रि भागसम्म पत्रैपत्र बनेर सुक्ष्म रुपमा कायमै रहेकोले सुरक्षा ज’नशक्तिमार्फत जर्किनमा पानी बो’क्ने अभियान चलाउन तयारी भइरहेको बताए।

नजिकको पानीका स्रोतमार्फत जर्किन–जर्किनमा पानी बोकेर आगोको धुँवा आइरहेको क्षेत्रमा पानी खन्याएर आगो पूरै नियन्त्रणमा लिने प्रयास सम्भव होला की भन्ने सु’रक्षा स्रोतको बुझाइ रहेको उनले जानकारी दिए। दन्किने प्रकृतिको आगो नियन्त्रणमा आएको तर जंगलमा अझै आगोका अवशेष नियन्त्रणमा नआएकोले थप जो’खिम हुन नदिन पूरै सु’रक्षा ज’नशक्ति केन्द्रित भइरहेको उनले जानकारी दिए। पाथीभरा क्षेत्रका कर्मचारी र स्थानीय संगको सहयोग तथा समन्वयमा सु’रक्षा टोली जंगलमा सुक्ष्म रुपमा रहेको आ’गो नियन्त्रणका लागि प्रयास जारी राखेको उनले जानकारी दिए।

आगो नियन्त्रणमा लिन पानीको प्रयोगदेखि अन्य सबै बैकल्पिक उपाय उपयोग गर्ने सु’रक्षाटोलीको तयारी रहेको उनले सुनाए। पाथीभरा क्षेत्रको जंगलमा लागेको लागेको ड’ढेलोबाट थप जोखिम हुन नदिन यसअघि हेलिकोप्टरमार्फत बकेटमा पानी ल्याइ आ’गलागी भइरहेको क्षेत्रमा ख’न्याउने प्रयास पनि गरिएको थियो। अबको सबै प्रयास मा’नवीय ज’नशक्ति बैकल्पिक उपाय केन्द्रित हुने प्रजिअ चापागाँइले बताए। जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका उनी नेतृत्वको सु’रक्षा टोलीले पाथीभरा जंगलमा लागेको ड’ढेलो क्षेत्रको स्थलगत अनुगमनपछि आगो पूर्ण रुपमा नियन्त्रणमा लिने प्रयासका बारेमा सबै उपाय अ’वलम्वन गर्ने नीति लिएको हो।

जिल्ला प्रहरी प्रमुख(डिएसपी)महेन्द्रकुमार श्रेष्ठका अनुसार नेपाली सेनाको २५, नेपाल प्रहरीको २४, सशस्त्र प्रहरीका ११ र पाथीभरा क्षेत्र विकास समिति, पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति र स्थानीयसहित करिव ३५–४० जना गरी करिव एकसय जनाको ज’नशक्ति अहिले डढेलो पूर्ण रुपमा नियन्त्रण गर्ने प्रयासमा परिचालित भएको छ। यो टोलीले अन्यत्र आ’गो बढ्न नदिन अग्नि रेखा बनाउने तथा सुक्ष्म रुपमा रहेको आगो नियन्त्रणमा लिन पानीको प्रयोग सहितका सबै उपाय अवलम्वन गर्ने योजना बनाएको छ। नागरिक