शेखर कोइरालाका दाजुको कोरोनाबाट नि’धन

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको नि’धन भएको छ ।पछिल्लो सयम भारतको नयाँदिल्लीमा व्यवसाय गरेर बस्दै आएका कोइरालाको कोरोना संक्रमणका कारण नि’धन भएको हो ।केशव कोइराला र नोना कोइरालाका जेठा छोरा निरञ्जन कोइराला नेपालका प्रतिष्ठित पर्यटन व्यवसायीका रुपमा चिनिन्छन् ।‘अ’लबिदा निरु दा’ भन्दै फेसबुकमा शो’क प्रकट गरेका डा. शेखर कोइरालाले “को’भिड संक्रमण देखिएपछि भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा एक महिनादेखि उपचाररत् निरञ्जन कोइराला (निरु दा) को आज २०७७ पौष (१९ गते बिहान ११ बजे नि’धन भएको” जानकारी दिएका छन् ।

“केशव कोइराला र नोना कोइरालाका सुपुत्र निरञ्जन डा. शेखर कोइरालाका दाजु हुनुहुन्छ,” डा. शेखरको सचिवालयले भनेको छ, “नि’रंकुश प’ञ्चायती शा’सनका वि’रुद्ध प्रजातान्त्रिक आ’न्दोलन र राजनीतिमा स’क्रिय निरञ्जन कोइराला नेपालका पुराना र प्रतिष्ठित पर्यटन व्यवसायीसमेत हुनुहुन्थ्यो ।” तत्कालीन पर्यटनमन्त्री रामहरी जोशीको विज्ञ सल्लाहकारको रुपमा समेत काम गरेका निरञ्जन पछिल्लो समय भारतको दिल्लीमा व्यवसाय गरेर बस्दै आएका थिए ।निरञ्जन अस्पताल भ’र्ना भएको समाचारपछि डा. शेखर दाजुर्लाइ भेट्न एक महिनाअघि नयाँदिल्ली पुगेका थिए ।