सीता दाहालको उपचारका लागि अध्यक्ष ‘प्रचण्ड’ भोलि भारत जाँदै

काठमाडौं , नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड श्रीमती सीता दाहालको उपचारका लागि सोमबार भारत जानुहुने भएको छ ।केहिदिन अघिबाट स्वास्थ्य ज’टिल बनेपछि अस्पताल भ’र्ना हुनुभएकी श्रीमती सीताको थप उपचारका लागि भारत लाने तयारी भइरहेको आइतबार जानकारी दिइएको छ ।आइतबार बसेको प्रचण्ड-नेपाल स’मुहको बैठकमा प्रचण्डले सोमबार भारत जानुपर्ने भएकाले आफू सोमबारको स्थायी कमिटी बैठकमा उपस्थित हुन नपाउने जानकारी गराउनु भएको थियो ।

सीताले पा’र्किन्सनँग लक्षण मिल्ने एक ज’टिल रो’गको सा’मना गरिरहनु भएको छ । उहाँको अहिले ललितपुरस्थित मेडिसीटी अस्पतालमा उपचार भइरहेको छ । सीता दाहाललालई यसअघि पनि भारत, सिंगापुर र अमेरिका उपचारका लागि लगिएको थियो ।पारिवारिक स्रोतका अनुसार दाहालले छोरीहरुलाई आमासँग उपचारका लागि जान आग्रह गरेका छन् भने सीताले भने श्रीमान् दाहालको साथ चाहनुभएको छ ।