कोरोनाका कारण ब’न्द रहेका स्कुल, सिनेमाघर खोल्ने सीसीएमसीको निर्णय

काठमाडौं । कोरानाभाइरस महामारीपछि ब’न्द भएका विद्यालयहरू खुल्ने भएका छन्। आइतबार बसेको कोभिड रोकथाम सम्बन्धी उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी) निर्देशक समितिको बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जि’मखाना लगायतलाई ’बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड सं’कट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुला गर्ने निर्णय गरेको हो। सरकारको पूर्वनिर्णय अनुसार रो’क लगाइएको सबै क्षेत्रहरूमा वर्तमान स्थितिको विश्लेषण गरी रो’क लगाउन सक्ने गरी अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय भएको बताइएको छ ।

कोभिडको संक्रमण कम भएको, बजारमा भी’डभाड बढेको र आवागमन बढेको अवस्थामा नयाँ कोरोना भाइरसको संक्रमणको प्रवेश भएमा ब’ढ्न सक्ने जो’खिम र दोस्रो लहर आउन सक्ने अवस्थालाई ध्यान दिएर स्वास्थ्य सु’रक्षा मापदण्डको पालना भए/नभएको सम्बन्धमा नियमित अनुगमन गर्ने र ला’परवाही गर्नेलाई कारबाही गर्ने निर्णय पनि गरिएको छ। नयाँ प्रकारको कोरोनाभाइरस देखिएका संयुक्त अधिराज्य बेलायत लगायतका विभिन्न देशबाट आउने यात्रुलाई १० दिनसम्म क्वारेन्टिनमा बस्ने व्यवस्थाका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय पनि सीसीएमसी निर्देशक समितिले गरेको छ।

यस्तै, तेस्रो मुलुकबाट आउने व्यक्तिहरूलाई अनलाइन फारम भर्ने व्यवस्था मि’लाइएकोमा त्यसलाई नयाँ भाइरसको कारणले अझ प्र’भावकारी रूपमा भराउने सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एअरलाइन्सहरूलाई निर्देशन दिने सम्बन्धी निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए।