बलिउड अभिनेत्री करीना कपूरले सार्वजनिक गरिन् ड्रिम होम

१९ पुष २०७७, आईतवार काठमाडौँ। बलिउड अभिनेत्री करीना कपूर खानको घरमा चाँडै नयाँ सदस्य आउँदै छ। परिवारको नयाँ सदस्यको स्वागतको तयारी शुरू भइसकेको छ। उनले आफ्नो दोस्रो सन्तानका लागि मुम्बईस्थित नयाँ अपार्टमेन्टको डिजाइन मिलाएकी छिन्। करीना र उनका पति सैफ अली खानले नयाँ घरमा नै दोस्रो सन्तानको स्वागत गर्नेछन्। करीनाले आफ्नो ड्रिम घरको केही तस्बिर सार्वजनिक गरेकी छिन्। नयाँ घरको डि’जाइन गरिरहँदा करीना केही काम गरेको अवस्थामा देखिएकी छिन्।

उनले तस्बिर सेयर गर्दै लेखेकी छिन्, “२०२१ को पहिलो सेटअप, मेरो मन परेको इ’न्टेरियर डिजाइनरको साथमा। यो मेरो ड्रिम होम हुनेछ।” करीना र सैफले गत अगस्ट २०२० मा नै दोस्रो बच्चा हुन लागेको जानकारी दिएका थिए। करीनाले २०१६ मा पहिलो छोरा तै’मुरलाई जन्म दिएकी थिइन्। उनले दोस्रो सन्तान छोरी होस् भन्ने चाहेकी छिन्। उनी अभिनित नयाँ चलचित्र ‘लाल सिंह च’ड्डा’को गर्भवती अवस्थामा नै छा’यांकन गरेकी थिइन्। गर्भवती अवस्थामा छायांकनमा जाँदा पे’ट ब’ढेको नदेखाउनका लागि भी’एफएक्सको प्रयोग गरिएको थियो।

अद्वैत चन्दनको निर्देशनमा बन्न लागेको यो चलचित्रमा करीनासँगै आमिर खान, मोना सिंहलगायतका कलाकारको अभिनय छ। करीना यो चलचित्रमा मात्र नभएर करण जो’हरको ‘त’ख्त’मा पनि देखिनेछिन्। यस चलचित्रमा रणवीर सिंह, आलिया भट्ट, विक्की कौशल, जा’ह्वनी कपूर, अनिल कपूरलगायतका कलाकारको अभिनय छ।