आजदेखि खोल्याे साउदी अरेबियाले ब’न्द गरेकाे अन्तर्राष्ट्रिय हवाई उडान ।

एजेन्सी- साउदी अरेबियाले दुईहप्तादेखि बन्द गरेको अन्तर्राष्ट्रिय हवाई उडान अन्ततः आजदेखी सुचारु गरेको छ। बेलायतमा कोरोना भाइरसको नयाँ रुप देखिएसँगै साउदीले पनि स्वास्थ्य स’तर्कता अ’पनाउँदै गएको डिसेम्बर २० देखि आज दुईहप्ता सम्म अन्तर्राष्ट्रिय उडान ब’न्द गरेको थियो । साउदीको स्थानीय समय अनुसार ११:०० बजेदेखि हवाई उडान खोलेको हो। स्थानीय पत्रिका साउदी ग्या’जेटले जनाएअनुसार युरोपेली देश, दक्षिण अफ्रिका लगायतका कोरोना भाइरसको नयाँ स्वरुप देखिएका देशका ना’गरिकलाई साउदी प्रवेश गर्नुभन्दा पहिले १४ दिनसम्म ती देशभन्दा बाहिर बस्नुपर्ने हुन्छ ।

यस्तै ती देशबाट आउने साउदीका ना’गरिकले पनि १४ दिनसम्म आफ्नो घरमा क्व’रेण्टीनमा बस्नुपर्ने साउदीको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो बीचमा क्वे’रीण्टीनमा बसेको ४८ घण्टा र तेह्रौं दिनमा पीसीआर परीक्षण गर्नुपर्ने हुन्छ ।यी देश बाहेकका देशबाट आएका यात्रुलाई भने पीसीआर परीक्षण रिपोर्ट र सात दिनसम्मको होम क्व’रेण्टीन अनिवार्य गरेको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उ’दृत गर्दै साउदी ग्या’जेटले जनाएको छ। साउदीको नागरिक उड्डयनले साउदी छा’ड्न चाहने विदेशी नागरिकका लागि भनेर ए’कतर्फी उडान भने डिसेम्बर २९ मा नै खुला गरिसकेकाे थियाे ।