नेपाली कांग्रेस परित्याग गरि नेकपा प्रवेश

तनहूँ ।कम्युनिस्टको पुरानो इतिहास बोकेको बन्दिपुरको रामकोटबाट इन्द्र माकिम, दुर्गा आले सहितको महत्त्वपूर्ण व्यक्तिहरु नेपाली कांग्रेस परित्याग गरि नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड माधब ) प्रवेश गर्नुभएको छ । वडा भेलाको शुभ अवसरमा नेकपा प्रदेश कमिटी सचिवालय सदस्य हेमराज लामिछाने छितिजको प्रमुख आतिथ्यमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा ३२ जना व्यक्तिहरुलाई फुलमाला र अविर लगाएर कार्यक्रममा स्वागत गरिएको थियो ।

नेपाली कांग्रेसस परित्याग गर्नेहरुलाई स्वागत गर्दै सचिवालय सदस्य लामिछानेले नेपाली कांग्रेस छोडेर सहि मार्गमा आउनुभएकोमा वहाँहरुलाई बधाई दिनुभएको थियो ।उक्त अवसरमा कार्यक्रममा जिल्ला सचिवालय सदस्य सिद्धान्त थापा मगर, जिल्ला सदस्य तथा अनेरास्ववियू केन्द्रिय सदस्यद्धय सुदिन पौडेल, अरबिन्द्र भट्टराई, बन्दिपुर गाउँ कमिटी कार्यालय सदस्य लोक बहादुर बानिया , नेकपावडा ३ पार्टी अध्यक्ष नारायण के . सी. लगायतका महानुभावहरुको सहभागिता रहेको थियो।