ओझेलमा काभ्रेको पुरानो तामाखानी

काभ्रे– कुनै समय तामाको उत्खनन् तथा प्रशोधन गरि भाँडाकुँडा र तामाको पैसा बनाइने काभ्रेको चौरीदेउराली गाउँपालिका–२ नाग्रेगगर्चेमा रहेको पुरानो तामाखानी ओझेलमा परेको छ । राणाकालीन समयमा नाग्रेगगर्चेमा रहेको तामाखानीमा तामाको उत्खनन् गरिनुको साथै स्थानीयस्तरमा तामाको प्रशोधन गरी तामाको भाँडा बनाउनुको साथै टक्सार (तामाको पैसा बनाउने घर) निर्माण गरी पैसा छाप्ने काम समेत भएको थियो ।‘राणाकालीन समयमा यहाँ तामाको उत्खनन् र प्रशोधन गरेर दाउराले पोलेर तामाको विभिन्न भाँडाकुँडा र पैसा छाप्ने काम हुने गरेको किंवदन्ती रहेको छ’ चौरीदेउराली गाउँपालिकाका प्रमुख दिनानाथ गौतमले जानकारी दिनुभयो ।

उहाँले अहिलेसम्म पनि नाग्रेगगर्चेका केही घरहरुमा सयौँ वर्ष पहिले गाउँमा नै बनाइएका पुराना तामाको भाँडाहरु प्रयोग हुँदै आएको बताउनुभयो । ‘यो ऐतिहासिक तामाखानी हो, केही वर्षअघि केही संस्थाले गाउँमा आएर तामाखानीको बारेमा अध्ययन गरेपनि अहिलेसम्म कुनै प्रगति सार्वजनिक भएको छैन’ गाउँपालिका अध्यक्ष गौतमले भन्नुभयो । उहाँले गाउँपालिकाले तामाखानीको उत्खनन् गर्न नसक्ने भएकोले सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले गाउँपालिकाले तामाखानीसम्म पुग्ने सडक निर्माण गरेको बताउनुभयो ।

चौरीदेउराली गाउँपालिका–२ का वडा अध्यक्ष दिनेश लामाले राणाकालिन समयमा नाग्रेगगर्चेमा रहेको तामाखानीको उत्खनन् भएको बताउनुभयो । उहाँले तामाखानीको उत्खनन् भएपछि ललितपुरको पाटनमा रहेका नेवारहरुलाई तामाखानीमा र उठाउन तथा टक्सार चलाउनका लागि नाग्रेगगर्चे लगिएको किंवदन्ती रहेको बताउनुभयो । उहाँले दुतीको पहिरोका कारण खानेपानीको स्रोत सुक्दै गएको र हरेक वर्ष पहिरो जाने क्रम नरोकिएपछि स्थानीय स्तरमा रहेका सुन, चाँदीको गहना बनाउने नेवारहरु गाउँ छोडेर अन्यत्र गएको बताउनुभयो ।

‘यहाँ रहेको तामाखानीको उ’त्खनन् के कारणले रो’कियो भन्ने अहिलेसम्म कुनै जानकारी छैन’ वडा अध्यक्ष लामाले थप्नुभयो– ‘केही वर्षअघि त्रिभुवन विश्वविद्यालयको एउटा अ’नुसन्धान टोलीले गाउँमा बसेर तामाखानीको अ’ध्ययन गरेको र उक्त टोलीले अध्ययन गर्ने क्रममा नाग्रेगगर्चेसँग सि’माना जो’डिएको रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकाको द’र्घामा पनि धेरै तामा रहेको जनाएको थियो’ । उहाँले ना’ग्रेगगर्चेका विभिन्न स्थानहरुमा अहिले पनि तामा प’गाल्ने क्रममा जम्मा भएको तामाका क्रं’क्रिटहरु देख्न सकिने बताउनुभयो ।

स्थानीय भरत श्रेष्ठले वि.सं. १९५९ मा तत्कालिन राणा प्रधानमन्त्री चन्द्र शम्शेरले पाटनमा रहेका आफ्ना जिजु बराजु रघुविर श्रेष्ठलाई तामा निकाल्ने सरदारको रुपमा नाग्रेगगर्चे पठाइएको बताउनुभयो । उहाँले वि.सं. १९५९ सालेदेखि तामा उत्खनन् कामको सुरु गरि तामाको खड्कुलोलगायतका विभिन्न भाँडांघ बनाउने काम भएपनि वि.सं. १९६२ मा टक्सार निर्माण गरी तामाको एक र दुई पैसा छाप्ने काम सुरु भएको बताउनुभयो । उहाँले तामाखानी र पैसा छाप्ने काम काम भएपनि कहिलेदेखि तामाको उत्खनन् र पैसा छाप्ने काम रो’किएको भन्ने एकिन जानकारी नभएको बताउनुभयो ।

उहाँले हरेक वर्ष टक्सार पुजाका लागि नेपाल सरकारले बजेट समेत विनियोजन गर्ने गरेको बताउनुभयो ।खानी तथा भुगर्भ विभागका सूचना अधिकारी डा. जनकबहादुर चन्दले काभ्रेको नाग्रेगगर्चेमा रहेको पुरानो तामाखानीको बारेमा आफुहरुलाई कुनै जानकारी नभएको बताउनुभयो ।