नेकपाको प्रचण्ड समूहद्धारा नागढुंगा – सिस्नेखोला सुरुङमार्ग निर्माणमा अ’बरोध

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्गको युग शुरु गरेको बताईरहेका बेला प्रचण्ड–नेपाल समुहका नेता कार्यकर्ताले खन्न शुरु भईसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको काममा अ’वरोध गरेका छन् । काठमाडौंतर्फका स्थानीयले करिब एक दर्जन पुरा हुन नसक्ने माग राखेर आयोजनाको काममा अ’वरोध गर्न थालेका छन् ।चन्द्रागिरि नगरपालिका–२ का वडाध्यक्ष गोपी सुर्खेती नेतृत्वको टोलीले अ’वरोध गरेको हो । स्थानीय निर्वाचना सुर्खेती माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका थिए ।

प्रचण्डको विशेष निर्देशनपछि उनीहरूले पुरा हुनै नसक्ने माग राखेर केही स्थानीयलाई साथ लिई अ’वरोध गर्न सुरू गरेका छन ।प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ मा सुरुङमार्गको शिलान्यास गरेका थिए । अहिले धादिङतर्फ सुरुङ खन्ने काम जारी छ । काठमाडौंतर्फ सुरुङ खन्न पोर्टल बनाउने काम जारी छ । आयोजना स्रोतका अनुसार अहिले निर्माणको काम सुरु भएपछि माग लिएर आउने पुष्पकमल दाहाल–माधव नेपाल स’मूहका व्यक्ति रहेको बताइएको छ । ‘सुरुङ निर्माण थाल्नुअघि स्थानीयले यस्ता माग ल्याएका थिएनन्।’

आयोजना स्रोतले भन्यो, ‘जब नेकपा विभाजन भयो, तब स्थानीयले बखेडा झिक्न थालेका छन् ।’आयोजनाले पुरा गर्नै नसक्ने माग स्थानीयले राखेको सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापा बताउछन । सुरुङमाथिको जग्गामा केही गर्न नपाउने भन्दै मुआब्जा मागेको उहाले बताउनु भयो । तर सुरुङमाथिको जमिनमा घर बनाउन कुनै रो’कावट नहुने उहाको भनाइ छ । एक सय मिटर मुनि सुरुङ हुनेछ । ‘हामीले धेरै माग सम्बोधन गरिसकेका छौं,’ थापाले भने, ‘स्थानीयले राखेका धेरै माग पूरा गर्न नसक्ने किसिमका छन् ।’

स्थानीय ९९ जनालाई रोजगारी दिइएको छ । ‘तर स्थानीयको माग वडाले सिफारिस गरेअनुसार हुनुपर्ने र उनीहरूकै वडाको हुनुपर्ने छ,’ थापाले भने, ‘३ र ५ नम्बर वडाले पठाएको नहुने भनिएको छ ।’ नियम बनाउँदा निर्माण कम्पनी हाज्मा एन्डोले नगरपालिकालाई यति मान्छे चाहियो भनी माग्ने र नगरपालिकाले सिफारिस गरेर पठाउने भनिएको थियो  । तर स्थानीयले यसमा असहमति जनाएको उहाको भनाइ छ ।स्थानीयका १० वटा टिपर आयोजनाले प्रयोग गरेको छ । ‘स्थानीयले फाइदा पनि लिएकै छन्, घु’र्काउन पनि छाडेका छैनन्।’

उनले भने, ‘अहिलेसम्म काम रोकिएको छैन, माग पूरा नभए काम रो’क्ने चे’तावनी दिएका छन् ।’ वडाध्यक्ष नेतृत्वको टोलीले माग सम्बोधन नभए धादिङ र काठमाडौं दुवैतर्फका काम रो’क्ने चे’तावनी दिएको छ । ४२ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने सुरुङको दूरी २ दशमलव ६८ किमि छ । सुरुङ निर्माणका लागि जापानको साढे १६ अर्ब ऋण सहयोग रहेको छ । ठेक्का भने साढे २२ अर्ब रुपैयाँको हो । जसमा ६ अर्ब नेपाल सरकारको छ ।