साउदी अरेबियाले कतारमाथि लगाएको प्र’तिबन्ध ह’टायो

एजेन्सी । साउदी अरेबियाले कतारमाथि लगाएको प्रतिबन्ध ह’टाएको छ ।कुबेतका विदेशमन्त्री अहमद ना’सेर अल सबाबले साउदी अरेबियाले कतारसँगको हवाई, जमिन तथा समुद्री सीमानाका खुलाउने सहमति बनेको जानकारी दिए । एक टेलिभिजनमा कुराकानीका क्रममा उनले कतारमाथि लागेको प्र’तिबन्ध ह’टाउन साउदी अरेबिया तयार भएको बताए ।कतारले आ’तंकवादलाई प्र’श्रय दिएको भन्दै साउदी अरेबियासहित चार देशले कतारसँगको सम्बन्धवि’च्छेद गरेकोमा साउदी अरेबियाले सबै सीमानाका खुलाएको कुबेतका विदेशमन्त्रीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गल्फ को’अपरेशन का’उन्सिल (जी’सीसी)को स’म्मेलनको पूर्वसन्ध्यामा साउदी अरेबियाले यो निर्णय गरेको र यसलाई अर्थपूर्णरुपमा लिएको गल्फ न्यूजले जनाएको छ ।सन् २०१७ जुनदेखि साउदी अ’रेबियासहित, यूएई, बहराइन र इ’जिप्टले कतारसँगको कूटनीतिक, व्यापार र यातायात सम्पर्कबि’च्छेद गरेका थिए । कतारले इरानसँग सम्बन्ध राखेर आ’तंकवादलाई ब’ढवा दिएको आ’रोप थियो । कतारले भने यो आरोपको ख’ण्डन गर्दै आएको छ ।