३५औं वर्षमा लागिन् दीपिका, यसरी सुरु भएको थियो उनको बलिउड यात्रा

बलिउड अभिनेत्री दीपिका पादुकोणले आज आफ्नो ३५औं जन्मदिन मनाउँदैछिन्। सन् १९८६ जनवरी ५ मा जन्मिएकी दीपिका बलिउडकी एक सफल कलाकार हुन्। दीपिकाले २००७ सालमा रिलिज भएको फिल्म ‘ओम शांति ओम’ बाट बलिउड डेब्यू गरेकी थिईन्। त्यसपछि, उनी एक अभिनेत्रीको रूपमा २६ वटा भन्दा बढी फिल्महरूमा अभिनय गरिसकेकी छिन्। दीपिका आज बलिउड उद्योगमा सबैभन्दा महंगीअभिनेत्री हुन्। एक समय थियो जब उनलाई केवल एक ‘व्याकराउण्ड’मा मात्र देखिन्थ्यो त्यसबेला कसैले उनलाई चिनेनन्।

त्यही समयमा एक फोटो भाइरल भएको थियो, जसमा अभिनेता फरदीन खानको धेरै पछाडि ‘व्याकराउण्ड आर्टिस्ट’का रुपमा उनि देखिएकी थिईन्। ‘ओम शान्ति ओम’का निर्देशक फराह खान आफ्नो फिल्मको लागि नयाँ अनुहार खोज्दै थिईन्। उनले आफ्नो साथी मलाइका अरोड़ालाई सहयोग मागिन्। फराहले मलाइकालाई शाहरुखसंग अभिनय गर्नको लागि नयाँ मोडेलको नाम सुझाव दिन आग्रह गरिन्। जब मलाइकाले यसबारे आफ्नो साथी डिजाइनर वेन्डेल रोड्रिगलाई बताइन्, उनले दीपिका पादुकोणलाई फिल्ममा कास्ट गर्न सल्लाह दिइन्।

दीपिका त्यतिखेर वेन्डेलको लागि ‘लेक्मे फेशन वीक’मा आईन्। वेन्डेल रोड्रिग्सले एक कार्यक्रममा भनेका थिए, ‘मैले लेक्मे फेशन वीक’ कलेक्शनमा देखाउँदा त्यो दीपिकाको लागि भाग्य परिवर्तनकर्ता भयो।’ दीपिका पादुकोण मान्छिन् कि भाग्य र अवसरले ‘ओम शान्ति ओम’ पाउन महत्वपूर्ण भूमिका खेलेको थियो। एउटा अन्तर्वार्तामा उनले भनेकी छिन्, ‘म मुम्बई आएकी थिएँ। मेरो जीवनमा अनिल आनंद थिए जसले मलाई यस क्षेत्रमा आउनका लागि प्रेरित गरे अतुल कास्वेकर (फोटोग्राफर) पहिलो व्यक्ति हुन जसले मेरा बाबुआमालाई मलाई मुम्बई आउन दिनका लागि सुझव दिएका थिए।’

दीपिका पादुकोण अहिले बलिउड फिल्म उद्योगको सबैभन्दा महँगो अभिनेत्री हुन्।एक रिपोर्टका अनुसार दीपिकाले फिल्म ‘पद्मावत’को सफलता पछि आफ्नो पारिश्रमिक बढाएकी हुन्। दीपिकाले ‘पद्मावत’को लागि ११ करोड रूपैयाँ लिएकी थिईन्। यद्यपि, अब दीपिका एक फिल्मको लागि १२ देखि १४ करोड पारिश्रमिक लिदैछिन्। उनले आफ्नो आगामी फिल्म ‘८३’ को लागी १३ करोड शुल्क लिएकी छिन्। उनीे अभिनेता रणवीर सिंहसँग विवाह बन्धनमा बाधिएकी थिईन्।