रुपा र कृष्णले छोरासँग खेल्दै गरे भिडियो एकैछिनमा लाखौंले हेरे…भिडियो हेर्नुस

काठमाडौं, सामाजिक संजालमा निकै नै लोकप्रिय जोडी हुन रुपा र कृष्ण । उनीहरूको जोडीले लोकप्रियता भने त्यति सजिलोसँग पाएको भने हैन । उनीहरूको संघर्षको कथा वास्तवमा जो कोहीको लागि पनि एउटा प्रेरणादायी कथा बन्न सक्छ ।उनीहरूको जोडी मुनामदन को जोडी जस्तै छ । वास्तवमा भन्ने हो भने रुपा र कृष्ण कलियुगका लागि राधा र कृष्णका जोडी हुन भन्दा पनि फरक पर्दैन ।उनीहरु अहिले आफ्नो जिवनलाई निकै उत्साहपुर्ण तरिकाले बिताइरहेका छन् । दुर्घटनामा परि हात र खुट्टा गुमाएका कृष्णलाई रुपाको त्यो साथ, सहयोग, माया अनि स्नेहले जिउने आधार बनायो।

एक अर्कालाई निकै माया गर्ने यो जोडीलाई यति ठूलो दुर्घटनाले पनि कुनै हालतमा छुटाउन सकेन । हात खुट्टा गुमाएका कृष्णलाई रुपाले माया, साथ र हौसला दुवै दिइन् ।सामाजिक सञ्जालमा चलेको अभियानका कारण उनीहरुले आर्थिक सहयोग पाए ।भर्खरै मात्र यो जोडीको लागि निकै ठुलो खुशी प्राप्त भएको छ । यी कोमल जोडीको केही महिना अघि मात्र सन्तान प्राप्ती भएको छ । पहिलो सन्तानको रुपमा छोरा भएको छ । यस खुसीलाई रुपाले सामाजिक संजाल मार्फत सेयर गरेकी थिइन ।छोरा जन्माएपछी रुपा र कृष्णको जीवनमा हर्ष र उमंगले भरिएको छ ।

छोरा को फोटो र भिडियोहरु प्राय रुपाले सामाजिक संजालमा सेयर गरिरहेकी हुन्छिन । त्यस्तै अहिले पछिल्लो समय उनीहरूले छोसंग बनाएको टिकटिक भिडियो धेरै भाइरल भइरहेको छ ।यी टिकटक भिडियोहरुलाई धेरै दर्शनहरुके असाध्यै रुचाएका छन, जसरी रुपाले कृष्णलाई अनि कृष्णले रुपालाई रुचाएका छ ।भिडियो यहाँ छ