ओलीको स्वागतमा गएनन् मुख्यमन्त्री भट्ट

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि सुदूरपश्चिम प्रदेश प्रमुख विमानस्थल पुगेकी छन्। प्रदेश प्रमुख शर्मिला पन्तले विमानस्थल पुगेर प्रधानमन्त्री ओलीलाई प्रदेशमा स्वागत गरेकी हुन्। प्रदेशका सुरक्षा निकायका प्रमुख र कैलालीका प्रमुख जिल्ला अधिकारी पनि विमानस्थल पुगेका छन्। ओलीको स्वागतका लागि मुख्यमन्त्री र प्रदेशका मन्त्री भने विमानस्थल गएनन्। प्रधानमन्त्री ओली श्री एअरलाइन्सको जहाजमा केहीबेरअघि धनगढी पुगेका हुन्। नेकपाका नेता नारदमुनी रानाले प्रधानमन्त्री ओली केहि बेरअघि धनगढी पुगेको जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि सुदूरपश्चिम प्रदेश प्रमुख विमानस्थल पुगेकी छन्। प्रदेश प्रमुख शर्मिला पन्तले विमानस्थल पुगेर प्रधानमन्त्री ओलीलाई प्रदेशमा स्वागत गरेकी हुन्। प्रदेशका सुरक्षा निकायका प्रमुख र कैलालीका प्रमुख जिल्ला अधिकारी पनि विमानस्थल पुगेका छन्। ओलीको स्वागतका लागि मुख्यमन्त्री र प्रदेशका मन्त्री भने विमानस्थल गएनन्। प्रधानमन्त्री ओली श्री एअरलाइन्सको जहाजमा केहीबेरअघि धनगढी पुगेका हुन्। नेकपाका नेता नारदमुनी रानाले प्रधानमन्त्री ओली केहि बेरअघि धनगढी पुगेको जानकारी दिए।

प्रधानमन्त्री ओली विमानस्थलबाट सिधै नेपाल राष्ट्र बैंक धनगढी पुग्नेछन्। त्यहाँ केहीबेर विश्राम गर्ने कार्यक्रम रहेको रानाले बताए। त्यसपछि दिउँसो उक्त बैंकबाट नजिकै रहेको धनगढी खुलामञ्चमा आयोजना गरिएको आमसभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ। ओलीसहित नेपाल सरकारका केही मन्त्री र ओली पक्षका नेताले पनि कार्यक्रममा बोल्नेछन्। आमसभाका लागि ओली समर्थक कैलाली र कञ्चनपुरबाट नेता तथा कार्यकर्ता धनगढी पुगेका छन्। प्रधानमन्त्री ओली विमानस्थलबाट सिधै नेपाल राष्ट्र बैंक धनगढी पुग्नेछन्।

त्यहाँ केहीबेर विश्राम गर्ने कार्यक्रम रहेको रानाले बताए। त्यसपछि दिउँसो उक्त बैंकबाट नजिकै रहेको धनगढी खुलामञ्चमा आयोजना गरिएको आमसभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ। ओलीसहित नेपाल सरकारका केही मन्त्री र ओली पक्षका नेताले पनि कार्यक्रममा बोल्नेछन्। आमसभाका लागि ओली समर्थक कैलाली र कञ्चनपुरबाट नेता तथा कार्यकर्ता धनगढी पुगेका छन्।