भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि रहेको प्रष्ट सन्देश भारतलाई दिनुभएको छ ।भारतीय टेलिभिजन च्यानल जीन्यूजलाई सोमबार दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले नेपालले आफ्नै भूमि स’मेटेर नयाँ नक्सा बनाएको र यसबारे वार्ताबाट स’मस्या स’माधान गर्न आफूहरु तयार रहेको पनि बताउनुभयो ।प्रधानमन्त्री ओलीले भूगोल र जनसंख्याको आधारमा नेपालभन्दा भारत ठूलो भए पनि दुवै देशको सार्वभौमिकता बराबर रहेको प्रष्ट पार्नुभयो ।

उहाँले दुवै देश सार्वभौम रहेको र दुई सार्वभौम देशका प्रधानमन्त्रीको हैसियतमा सानो र ठूलो देशको नभएर समान है’सियतको भएको स्पष्ट पार्नुभयो ।प्रधानमन्त्री ओलीले नेपालले भारत र चीनलाई फरक ढङ्गले व्यवहार नगर्ने पनि बताउनुभयो । दुवै देशलाई प’ञ्चशीलको सिद्धान्तका आधारमा अ’संलग्न नीति अ’ङ्गीकार गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो । उहाँले भारत र चीनबीचको वि’वादित क्षेत्र ग’लवानका बारेमा नेपाललाई कुनै ले’नादेना नभएको बताउनुभयो ।दुई देशबीचको वि’वादमा नेपाललाई कसैको पक्ष या विपक्षमा लाग्नु जरुरी नभएको प्रधानमन्त्रीले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भारत र चीनबीचको सीमा वि’वाद स’माधानको लागि आफूले मध्यस्थता गर्न सक्ने दा’बी पनि गर्नुभयो ।भारत र चीनबीच स’मस्यारहित सम्बन्ध होस् भन्ने नै नेपालको चाहना रहेको प्रधानमन्त्रीले प्रष्ट पार्नुभयो । अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले वैशाखमा नेपालमा चु’नाव हुने र त्यसपछि पनि आफू नै सत्तामा आउने दा’बी गर्नुभयो । आफ्नो पार्टीले अत्याधिक बहुमत ल्याउने उहाँले दा’बी गर्नुभयो ।