दाहाल-नेपाल एमसीसीवि’रुद्ध उभिए विप्लवले सघाउने !

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले एमसीसीवि’रुद्ध उभिए संसद पुनःस्थापनाको आ’न्दोलनमा स’घाउने प्रस्ताव पठाएको छ । नेकपाको दाहाल-नेपाल समूहका एक नेताका अनुसार विप्लवले आफ्नो एक नेतामार्फत् यस्तो सन्देश पठाएका हुन् ।यसबारे विप्लव समूहका एक नेतालाई सम्पर्क गर्दा उनले यसबारे आफू अनविज्ञ रहेको जानकारी दिए । नेकपाका एक नेताका अनुसार विप्लवको सन्देशमा भनिएको छ, ‘एमसिसीका वि’रोधीहरु एक ठाउँमा हुने वातावरण मिलाउने हो भने प्रतिनिधिसभा पुनर्वाहालीको आ’न्दोलनमा साथ दिन हामी तयार छौं ।’

यता दाहाल-नेपाल स’मूहमा ब’हुरंगी नेताहरु रहेका छन् । उनीहरुले एमसीसीबारे एउटै धारणा बनाउन सक्ने सम्भावना न्यून छ । उनीहरु विप्लवभन्दा कांग्रेसलाई कु’रेर बसिरहेका छन् ।उता कांग्रेस एमसीसीको पक्षमा उभिँदै आएको छ । कांग्रेसको बुझाई दाहाल-नेपाल स’मूहका केही नेताकै कारण एमसीसी तु’हिएको भन्नेछ । संसद पु’नर्वहाली भयो भने एमसीसीवि’रोधीहरुको बहुमत पुग्ने कांग्रेस सभापति देउवाको पनि बुझाई रहँदै आएको छ ।