३ वर्षपछि रियादमा उ’त्रियो कतारको ध्वजाबाहक विमान

एजेन्सी ।कतार एयरवेजले सन् २०१७ पछि सोमवार साउदी अरबको रि’यादका लागि पहिलो उडान गरेको छ। कतारको ध्वजाबाहक विमान क्युआर ११६४ ले ह’माद अन्तर्राष्ट्रिय विमानस्थलबाट किङ खालिद इन्टरनेसनलमा उडान गरेको हो ।कतार एयरवेजको एयरवस ए ३५० ले उडान गरेको हो। कतार एयरवेजले मंगलवार जे्दाहमा उडान गर्ने छ भने शनिवार द’माममा उ’डान गर्ने छ। साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी यसै साताबाट खुला भएको छ। सन् २०१७ मा सुरु भएको ना’काबन्दीसँगै हवाइ सेवा नि’षेध गरिएको थियो।

विश्वकै ठूलो विमान सेवामध्येको एक मानिने कतार एयरवेज नि’षेध थियो। त्यसैगरी सन् २०१७ पछि पहिलो पटक साउदी एयरलाइन्स कतार ल्या’न्ड गरेको छ। सोमवार नै हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा साउदी एयरलाइन्स उत्रेको हो। साउदी एयर दोहा उ’त्रिएको कतार एयरवेजले ट्विट गर्दै जानकारी गराएको छ।