देउवाले भने : सडकबाट न्यायालयलाई ध’म्क्याउन मिल्दैन

बाह्रविसे-प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट संसद बि’घटनको पक्षमा निर्णय आए पार्टीले चु’नावमा भाग लिने बताएका छन्। अदालतले संसद पुनःस्थापना वा बि’घटनको जुन निर्णय गरे पनि कांग्रेसले स्वी’कार्नेसमेत उनले स्पष्ट पारे। ‘कांग्रेस स्वतन्त्र अदालतको सम्मान गर्छ,’ नेपाली कांग्रेस केन्दीय खेलकुद विभागद्धारा आयोजित कोमलमाया–खड्ग बस्नेत स्मृति फुटबल प्रतियोगिताको मंगलबार बाह्रविसेमा समापन गर्दै देउवाले भने, ‘स्वतन्त्र रुपले अदालतले काम गर्न पाउनु पर्छ।

अदालतले जे निर्णय गर्छ, कांग्रेसले मानेर अघि बढ्छ।’ पूर्वाप्रधानमन्त्री रहेका देउवाले संसद बि’घटन भने असंवैधानिक रहेको धारणा राखे। बि’घटनबारे पार्टीले बैठकबाट आधाकारिक धारणा सार्वजनिक गरेको बताउँदै उनले भने, ‘तर अदालतलाई पार्टीले स्वतन्त्र मान्छ। पुनःस्थापना भए स’क्रियतापूर्वक चु’नावमा भाग लिन्छौँ। बि’घटनकै पक्षमा निर्णय आए पनि स्वी’कार्छौँ।’ अदालतमा बि’चाराधिन मु’द्दामा कांग्रेस बोल्दै नबोल्ने भन्दै देउवाले सडकबाट न्यायालयलाई ध’म्क्याउन नहुने जि’किर गरे। नागरिक