रामेछापका ६३ जना नेता, कार्यकर्ता कांग्रेस प्रवेश

२८ पुष २०७७, मंगलवार काठमाडौँ : रामेछापको सुनापति – २ र ३ का नेपाल कम्युनिष्ट पार्टी(नेकपा )लगायत अन्य दलका ६३ जना नेता, कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। विगत लामो समयदेखि नेकपा लगायत विभिन्न दलमा आवद्ध ६३ जना नेपाली कांग्रेस प्रवेश गरेका हुन्। मंगलबार नेपाली कांग्रेस रामेछाप – काठमाडौँ सम्पर्क समितिद्वारा पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनीहरुलाई कांग्रेस नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले पार्टीमा स्वागत गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुले कांग्रेसको बिधि र बिधानमा रही पार्टी र देशको हितका लागि सक्रिय रहने अठोट गरेका छन् ।कार्यक्रममा नेपाली कांग्रेस रामेछापका पार्टी सभापति लवश्री न्यौपाने, पूर्व पार्टी सभापति रामचन्द्र खडका, महाधिवेशन प्रतिनिधिहरु भरत चौलागाई, अर्जुन केसी, विनिता खडका, जितेन्द्र मोक्तान लगायतको उपस्थिति रहेको थियो।