मलेसियामा एकैदिनमा अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित

काठमाडौं । मलेसियामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाहरूको सङ्ख्या मङ्गलबार अहिलेसम्मकै सबैभन्दा धेरै देखिएको छ ।मलेसियाका अधिकारीहरूका अनुसार मङ्गलबार तीन हजार ३०९ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।यो सङ्ख्या महामारी शुरु भएदेखि दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि उनीहरूले बताएका छन् ।मलेसियामा कोरोनाका कारण अहिलेसम्म कूल एक लाख ४१ हजार ५३३ जना सङ्क्रमित भएको पनि स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।

मन्त्रालयका महानिर्देशक नुर हिशन अब्दुल्लाहले जारी गरेको प्रेस वक्तव्यमा नयाँ सङ्क्रमितमध्ये छ जना देश बाहिरबाट सङ्क्रमित भएरै आएको र अरू तीन हजार ३०३ जना देश भित्रै एकबाट अर्कोमा सरेको उल्लेख गरिएको छ ।कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये थप चार जनाको मृ’त्यु भएको छ । योसँगै मलेसियामा कोरोनाभाइरसका कारण मृ’त्यु भएकाको कूल सङ्ख्या ५५९ पुगेको छ ।मलेसियामा अहिले पनि ३० हजार ३९० जना सङ्क्रमित अवस्थामै रहेका छन् भने तीमध्ये १९० जना अति सघन उपचार कक्षमा रहेका छन् ।

त्यसैगरी ८३ जनालाई श्वास प्रश्वासका लागि अक्सीजन दिनु परिरहेको पनि अधिकारीहरूले जनाएका छन् ।देशका गृह मन्त्री ह’म्जाह जैनुदिन पनि कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको स्वास्थ्य मन्त्रालयको वक्तव्यमा उल्लेख छ ।कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये उहाँ तेस्रो मन्त्री हुनुभएको छ । यसअघि आर्थिक मामिला मन्त्री मु’स्तपा मो’हमद र महिला, परिवार तथा सामुदायिक विकास मन्त्री रिना हरून पनि सङ्क्रमित हु’नुभएको थियो ।