सवारी चालक अनुमतिपत्र लिन मा’पदण्ड परिवर्तन, ६० नम्बर आए लाइसेन्स पाइने

काठमाडौं : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिँदा सबैभन्दा बढी परीक्षार्थी ट्रायल (प्रयोगात्मक परीक्षा) मा फेल हुन्छन् । लिखितमा पास भए पनि ट्रायलमा फे’ल हुने धेरै हुन्छन् । जसले गर्दा बि’चौलियालाई मागे जति पैसा दिएर लाइसेन्स बनाउने ब’ढेको पाइन्छ ।यस्तै विकृति रो’क्न भनेर सरकारले सवारी चालक अनुमतिपत्र लिन मा’पदण्ड परिवर्तन गर्ने तयारी गरेको छ । यसको तयारी अ’न्तिम चरणमा रहेको यातायात व्यवस्था विभागले जनाएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

लाइसेन्सको प्रयोगात्मक परीक्षाको निर्देशिका परिवर्तन गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।उनका अनुसार हालको मा’पदण्डअनुसार २५ प्रतिशत मात्र पास हुने गर्थे । फेल हुनेको संख्या धेरै हुँदा त्यसले विभिन्न किसिमका विकृति देखापरेको भन्दै फागुनमा लागू गर्ने गरी काम भइरहेको छ । ट्रायलमा पनि विभिन्न प्या’रामिटर छन् । सबै पास गरिसकेपछि मात्र लाइसेन्स पाउने सिस्टम छ, कुनै एउटामा छुस्स छुनेबित्तिकै फे’ल हुने व्यवस्था छ ।ती विभिन्न प्या’रामिटरलाई न’म्बरिङ गर्ने र कुनै एउटामा फेल हुँदा अर्कोमा पास हुन स’मस्या हुने छैन ।

‘नयाँ व्यवस्थाअनुसार सबैको नम्बर जोड्दै जाँदा ६० नम्बर आयो भने ऊ पास हुनेछ,’ उनले भने । अहिलेलाई ६० नम्बर ल्याउने पास हुने भनेर मा’पदण्डमा राखिएको छ । मा’पदण्डले लाइसेन्समा मौ’लाएको बि’चौलिया प्रवृत्ति कम गर्ने विभागको दा’बी छ ।कान्तिपुर