अमेरिकी तल्लो स’दनबाट ट्रम्पलाई ह’टाउने प्रस्ताव पारित

डिसी , आज डोनाल्ड ट्रम्पलाई अमेरिकी संविधानको २५ औं सं’सोधन लगाएर ह्वा’इटहाउसबाट ह’टाउन उपराष्ट्रपति मा’इक पेन्सलाई आ’व्हान गर्ने प्रस्ताव अमेरिकी संसदको तल्लो स’दन प्रतिनिधिसभाबाट पारित भएको छ । दिनभरको छलफलपछि राती साढे १० बजेपछि प्रस्तावमा मतदान गरिएको थियो ।प्रस्तावका पक्षमा २२३ मत ख’सेको छ भने विपक्षमा २०५ मत खसेको छ । एकजना रि’पब्लिकन सांसदले प्रस्तावको पक्षमा मतदान गरेका छन् । अब प्रतिनिधिसभाको अर्को बैठक भोलि विहान ९ बजे बस्नेछ ।

जनवरी ६ मा क्यापिटल हिलमा भएको दं’गाफसादका लागि राष्ट्रपति ट्रम्पले उ’क्साएको भन्दै ट्रम्पलाई जनवरी २० अगाडि नै ह’टाउन यो प्रस्ताव ल्याइएको हो । २५ औं संसोधनले राष्ट्रपति काम गर्न अ’क्षम भएको अवस्थामा उनलाई ह’टाएर उपराष्ट्रपतिले का’र्यवाहक राष्ट्रपतिका रुपमा काम गर्न सक्ने व्यवस्था गरेको छ ।