मदन भण्डारीको ह’त्या’रा पत्ता लगाउन राष्ट्रपति र प्रधामन्त्रीलाई नेता शर्माको चु’नौति

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल स’मूहका केन्द्रीय कमिटी सदस्य हिमाल शर्माले मदन भण्डारीको नाम बेचेर प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्तामाथि ‘ब्ल्या’कमेल’ गरिरहेको आरोप लगाएका छन्। काठमाडौं जिल्ला कमिटीले प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले मदन भण्डारीको नाम लिएर खेल्नुभन्दा उनको विचारधारालाई विकास गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे। काठमाडौैं जिल्ला कमिटी सचिव समेत रहेका शर्माले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीलाई मदन भण्डारीको ह’त्या’रा पत्ता लगाउन समेत चु’नौति दिए।

उनले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली प्र’तिगमनको बाटोमा लागेको जि’किर गरे। ‘प्रधानमन्त्री ज्यू र राष्ट्रपति ज्यू तपाईंहरु अहिले मिल्नुभएको छ। तपाईंहरु मि’लेको बेला मदन भण्डारीको ह’त्या’रा पत्ता लगानुभएको राम्रो हुन्थ्यो होला,’ उनले भने, ‘हामी तपाईंहरुलाई स’लाम गर्थ्याैं होला तर तपाईंहरु त प्र’तिगमनको बाटोमा लाग्नुभएको छ।’ उनले प्रधानमन्त्रीको उखान टु’क्काले देश नचल्ने समेत ठो’कुवा गरे। ‘केपी ओलीका उखान टु’क्काले देश चल्दैन, उखान टु’क्का सुनेर हामी दि’क्क भइसक्यौं,’ उनले भने।