चीनमा मंगलबार ११५ जना कोरोनाका नयाँ संक्रमित भेटिए

काठमाडौं । चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएको पछिल्लो समाचारमा जनाइएको छ । चीन भित्रै सङ्क्रमणका थप ११५ वटा नयाँ घटना बाहिर आएको मङ्गलबार जानकारी दिइएको हो ।चीनको नेशनल हेल्थ क’मिसनले बुधबार दिएको जानकारीअनुसार चीनमा मङ्गलबार ११५ जना नयाँ संक्रमित भेटिएका र तीमध्ये १०७ जना त चीन भित्रैका नागरिकमा पाइएको हो । यहाँका स्थानीय नागरिकहरुबाटै ती १०७ जना व्यक्ति सङ्क्रमित भएका पाइएको समाचारमा जनाइएको छ ।चीनले कोरोनाबाट नि’को भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ ।

कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाएको छ ।बुधबार दिइएको जानकारीमा चि’नियाँ स्वास्थ्य अधिकारीहरुले मङ्गलबार भेटिएका ११५ सङ्क्रमितमध्ये १०७ जना स्थानीयस्तरमै आ’पसमा सङ्क्रमित भएको पाइएको र अरु विदेशबाट आएका हुन् ।चीनले निको भएका बि’रामीमाथि पनि नजर राख्न र पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको हो । मङ्गलबार भेटिएका स्वदेशी सङ्क्रमितहरुमध्ये ९० जना त उत्तरी चीनको हुबे प्रान्तका पाइएका हुन् । यसबाट सो क्षेत्रमा पछिल्लो समयमा स्थानीय स्तरमा कोरोना संक्रमण ब’ढेको पाइएको बताइएको छ । सिन्ह्वा